बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गुल्मीमा छोराले गरे बुवाको हत्या, आमा सख्त

आइतबार, १६ कात्तिक २०८२, ०९ : १४
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • गुल्मीमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्।
  • घट्नामा आमा घाइते भएकी छिन्, उनको बुटवलमा उपचार भइरहेको छ।
  • प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र हत्या गर्ने युवालाई नियन्त्रणमा लिएको छ।

गुल्मी । गुल्मीका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । गुल्मी मालिका गाउँपालिका–३ म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले बुवा–आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् ।

विकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीय दिलमाया विकलाई हँसिया र काठको मुङ्ग्रोले प्रहार गरेका थिए ।

धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारूले बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा विकको मानसिक सन्तुलन ठिक नभएको खुलेको बताए ।

दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि उपचार लागिएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउनको छ । हत्या गर्ने विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप