ओली र खनालबिच भेटवार्ता : एकीकृत समाजवादीको एक समूह एमालेमा फर्किने दाबी
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनालबीच भेटवार्ता भएको छ।
- रामकुमारी झाँक्रीसहितका नेताहरू एमालेमा फर्किने तयारीमा छन् र पत्रकार सम्मेलन गर्दैछन्।
- माओवादी केन्द्रसहित ९ वटा पार्टी मिलेर 'नेपाली कम्युनिस्ट पार्टी' घोषणा गर्ने भएका छन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ। अध्यक्ष ओलीको निवास गुण्डुमा मंगलबार भएको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन्।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेटवार्ता सकारात्मक भएको दाबी गर्दै खनालकै नेतृत्वमा एकीकृत समाजवादीको एक समूह एमालेमा फर्किने घोषणा हुने सम्भावना रहेको बताएका छन्। नेता बस्नेतका अनुसार नेतृ रामकुमारी झाँक्री, पूर्वसांसदहरू किसान श्रेष्ठ, अम्बरबहादुर थापा लगायतका नेता-कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा छन्।
यस समूहमा नेताहरू गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेता तथा कार्यकर्ताहरू पनि रहेको नेता बस्नेतले जानकारी दिएका छन्।
यता, नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् । ‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ श्रेष्ठले भने ।
यो पनि
बुधबार नै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर 'नेपाली कम्युनिस्ट पार्टी' घोषणा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
-
‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण