लुइस डियाजको दुई गोलमा पीएसजीमाथि बायर्नको जित
सारांश
- च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले पीएसजीलाई २-१ गोलले पराजित गर्यो।
- बायर्नका लागि लुइस डियाजले दुई गोल गरे, उनले रातो कार्ड पाए।
- पीएसजीका लागि जोआओ नेभेसले एक गोल गरे, तर टिमले हार ब्यहोर्यो।
काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि जित निकालेको छ । मंगलबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलमा बायर्नले पीएसजीमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।
खेलमा बायर्नलाई जित दिलाउन लुइस डियाजले दुई गोल गरे । उनी पहिलो हाफमै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । यता पीएसजीका लागि जोआओ नेभेसले एक गोल गरे ।
खेलको चौथो मिनेटमा डियाजले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । खेलको ३२औँ मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरेका डियाज रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बायर्न १० खेलाडीमा सीमित भयो । खेलको ७४औँ मिनेटमा नेभेसले पीएसजीका लागि एक गोल गरे पनि टिम २–१ गोल अन्तरले पराजित भयो ।
जितसँगै बायर्न ४ खेलबाट ९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित पीएसजीको पनि ९ अंक नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण