हाम्रो अग्निपरीक्षा सुरु हुँदैछ, जनताले नियालिरहेका छन् : माधवकुमार नेपाल
सारांश
- माधवकुमार नेपालले नयाँ पार्टी र नेताहरूको अग्निपरीक्षा सुरु भएको बताए ।
- उनले अन्य बाम शक्तिहरूलाई बृहत् वाम एकतामा सहभागी हुन आह्वान गरे ।
- नेपालले युवा पुस्तालाई विश्वासमा लिएर पार्टी सञ्चालन गर्ने बताए ।
काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विभिन्न राजनीतिक पार्टीहरु मिलेर बनेको नयाँ पार्टी र नेताहरूको अग्निपरीक्षा सुरु भएको बताएका छन् ।
बुधबार भएको एकता सभा तथा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् । उनले बाँकी बाम शक्तिहरूलाई समेत यही मोर्चामा आएर बृहत् वाम एकतामा सहभागी हुन आह्नवान समेत गरे ।
‘हाम्रो अग्निपरीक्षा अब सुरु हुँदै छ । जनताले हामीलाई नियालिरहेका छन्’, नेपालले भने, ‘यो पुरानै पार्टीको रूप होइन, पुराना हाम्रा पार्टीमा रहेका कमी कमजोरीबाट मुक्त भएर, समीक्षा गरेर, सुधारेर, नयाँपन दिएर, देश भक्तिको नमुना बनेर, परिवर्तनको संवाहक भएर क्रान्तिकारी चरित्र बोकेका योद्धाहरूको पार्टी हामीले बनाएका छौ भनेर जनतामा विश्वास दिनुपर्ने आवश्यकता छ ।’
नेता नेपालले परिवर्तनका हिमायतीहरूलाई अघि बढाएर लैजाने उद्देश्यअनुसार संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्दै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । ‘विभिन्न शक्तिसँग मोर्चा बनाउनेछौँ, एकीकृत गराउने छौँ । जोसँग सिद्धान्त, कार्यनीति कार्यक्रम मिल्नेछन्’, उनले भने, ‘समाजवादको उद्देश्यका निम्ति अघि बढ्नेसँग एकताको प्रयास गर्नेछौँ ।’ नवगठित पार्टी सङ्कीर्ण र साँघुरो सोचका साथ अघि नबढ्ने भन्दै विदेशीको दलाली गर्नेहरूसँग सम्झौता नगर्ने नेपालको भनाइ छ ।
नेता नेपालले युवा पुस्तालाई समेत विश्वासमा लिएर पार्टी सञ्चालन गरिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण