मन्दिर प्रवर्द्धन र पूर्वाधार विकासका निम्ति साढे दुई करोड सङ्कलन
सारांश
- तनहुँको छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि महायज्ञमा २ करोड ५० लाख संकलन भयो।
- मन्दिरको विकास, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माणका लागि रकम उपयोग गरिनेछ।
- महायज्ञ छिम्केश्वरी पर्यटन विकास समितिद्वारा सञ्चालित थियो, जसले विभिन्न संरचना बनाउने योजना बनाएको छ।
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ ।
महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट रु दुई करोड ५० लाख सङ्कलन गरिएको जानकारी दिए । यही कात्तिक ८ देखि १५ गतेसम्म भएको महायज्ञ अवधिभर तीन परिवार र एक संस्थाले रु पाँच लाखभन्दा धेरै दान दिएका उनले बताए ।
छिम्केश्वरी पर्यटन विकास समितिले सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ । समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिम केन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्रामगृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ ।
महायज्ञमा प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन दिएका थिए । समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक विश्वासअनुसार गोरखाको मनकामना माईकी दिदीका रूपमा यहाँको छिम्केश्वरी र बूढीमाईलाई चिन्ने गरिएको छ । यहाँ गरिने पूजा तथा दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । महायज्ञ आँबुखैरेनी गाउँपालिका–३ अमिलीबोटे (हाटबजार) मा आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण