कृषिमन्त्रीद्वारा दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजना अवलोकन
शनिबार, २२ कात्तिक २०८२, ०८ : ४५
सारांश
- कृषिमन्त्री डा. मदन परियारले हेटौँडा दुग्ध वितरण आयोजनाको अवलोकन गरे।
- मन्त्रीले किसानलाई बक्यौता रकम तुरुन्तै तिर्न र बजार व्यवस्थापन सुदृढ गर्न निर्देशन दिए।
- उनले दुग्ध उत्पादनको विविधीकरण र बजारीकरणमा ध्यान दिनुपर्ने बताए।
काठमाडौँ । कृषिमन्त्री डा मदन परियारले गएराति दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाको अवलोकन गरेका छन् ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झा र हेटौँडा दुग्ध वितरण आयोजनका प्रमुख अञ्जन अधिकारीले आयोजनाको काम कारबाहीबारे मन्त्री परियारलाई जानकारी गराएका थिए ।

सो क्रममा उनले दुग्ध किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्नुपर्नेमा जोड दिए । संस्थानका कर्मचारीले व्यक्तिगत स्वार्थमा नलागी बजार व्यवस्था सुदृढ गर्नुपर्नेमा उनले जोड दिए ।
दुग्ध पदार्थको उत्पादनमा विविधीकरण र ती उत्पादनको व्यवस्थित बजारीकरणमा ध्यान दिनुपर्ने मन्त्री परियारको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण