सञ्चारमन्त्री जगदीश खरेलसँग कोरियामा ‘साक्षात्कार कार्यक्रम’ हुने
सारांश
- सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले दक्षिण कोरियामा नेपाली समुदायसँग साक्षात्कार गर्नुहुने भएको छ।
- नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले कार्यक्रम आयोजना गर्दैछ, जसमा मन्त्री प्रमुख अतिथि रहनेछन्।
- यस कार्यक्रमको मुख्य उद्देश्य प्रवासी नेपाली पत्रकार र समुदायबीच संवाद बढाउनु हो।
काठमाडौँ । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलसँग आगामी साता दक्षिण कोरियामा ‘नेपाली समुदायको साक्षात्कार कार्यक्रम’ हुने भएको छ । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको आयोजनामा ‘मन्त्रीसँग साक्षात्कार कार्यक्रम’ आयोजना हुने भएको हो ।
शाखाका अनुसार, आगामी नोभेम्बर १४ तारिख, शुक्रबार बेलुकी ७ बजे दक्षिण कोरियाको सुवनस्थित सराक एभरेस्ट रेस्टुरेन्टको सभा हलमा उक्त कार्यक्रम हुने भएको छ।
कार्यक्रममा मन्त्री खरेल प्रमुख अतिथि रहनेछन् भने कोरियामा रहेका नेपाली पत्रकार, सञ्चारकर्मी, समुदायका अगुवा र आम नेपालीहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
महासङ्घका अनुसार, उक्त साक्षात्कार कार्यक्रमको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायबिच प्रत्यक्ष संवाद र अन्तरक्रिया बढाउने, अनुभव र विचार साट्ने तथा सूचना र सञ्चार क्षेत्रमा सरकार र प्रवासी नेपालीबिचको सम्बन्ध सुदृढ बनाउने हो।
यस कार्यक्रमले कोरियामा रहेका नेपाली सञ्चारकर्मी र समुदायबिच नयाँ ऊर्जा, प्रेरणा र उत्साह थप्ने र प्रवासमा नेपाली पहिचान र पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउने विश्वास महासङ्घले व्यक्त गरेको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण