रातमा यी खानेकुरा खाँदा हुनसक्छ फ्याटी लिभर
काठमाडौँ। आजकल, मानिसहरू दिनभरि काममा व्यस्त हुन्छन् र रातमा आरामसँग खाना खाने गर्छन् । यद्यपि, यो खानाले प्रायः हाम्रो स्वास्थ्यमा असर पार्न सक्छ । विशेष गरी जब हामी राती तेलमा तारेको खानेकुरा, भारी खाना, वा मिठाई खान्छाैँ अनि लगत्तै सुत्न जान्छौँ, यसले कलेजोमा अतिरिक्त दबाब दिन्छ ।
यी बानीहरूले बिस्तारै फ्याटी लिभर जस्ता रोगहरू निम्त्याउँछ । फ्याटी लिभर भनेको कलेजोको कोषहरूमा बोसो जम्मा हुने अवस्था हो ।
यो बोसो कलेजोको कुल तौलको ५–१० प्रतिशतभन्दा बढी हुन्छ, यसलाई फ्याटी लिभर भनिन्छ ।
फ्याटी लिभर दुई खालका हुन्छन्: अल्कोहोलिक फ्याटी लिभर (मद्यपान गर्नेहरूमा) र नन–अल्कोहोलिक फ्याटी लिभर (खराब खानपान, मोटोपना, वा मधुमेहको कारण) ।
राम्रो कुरा चाँहि के छ भने यसलाई उचित दिनचर्या र आहारले रोक्न सकिन्छ ।
राति खान नहुने खानेकुरा
तेलमा तारेका वा भुटेको खानेकुरा: राती समोसा, पुरी, पकाेडा वा फ्राई गरिएको भात जस्ता भारी र तारेको खानेकुरा खाँदा कलेजोमा बोसो जम्मा हुन सक्छ ।
अत्यधिक गुलियो वा मिठाईः राती मिठाई, केक, वा चिनीयुक्त खाना खाँदा इन्सुलिनको स्तर बढ्छ र बोसो भण्डारणलाई तीव्र बनाउँछ ।
अल्कोहल वा हलुका पेय पदार्थ: यसले कलेजोलाई प्रत्यक्ष रूपमा हानि पुर्याउँछ र फ्याटी लिभरको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँछ ।
भारी मांसाहारी खाना: राति मसलादार वा भुटेको मांसाहारी खाना खाँदा पाचन प्रक्रिया सुस्त हुन्छ र कलेजोमा दबाब बढ्छ ।
खाना खाएपछि तुरुन्तै सुत्नु: यो बानीले मेटाबोलिज्मलाई सुस्त बनाउँछ, जसले गर्दा पाचन प्रक्रिया कमजोर हुन्छ र कलेजोमा बोसो जम्मा हुन थाल्छ ।
यस्तो बानी अपनाइरहँदा शरीरमा निम्न लिखित लक्षणहरू देखिन्छ:
– पेटको दाहिने भागमा हल्का दुखाइ वा भारीपन
–थकान र कमजोरी
–भोक नलाग्नु
–अचानक तौल बढ्नु वा घट्नु
–छाला र आँखा पहेँलो हुनु (गम्भीर अवस्थामा)
यदि यी लक्षणहरू देखा परेमा, डाक्टरसँग परामर्श लिनु महत्त्वपूर्ण छ ।
फ्याटी लिभर रोक्न के गर्न सकिन्छ ?
–बेलुका हलुका खाना खानुहोस् अनि साँझ ७–८ बजे भित्र खाना खाइसक्नु होस् ।
–आफ्नो आहारमा पालुङ्गो, ब्रोकाउली, कागती, मोही र ग्रीन टीजस्ता खानेकुराहरू समावेश गर्नुहोस् ।
–मदिरा, भुटेको वा तारेको खानेकुरा र मिठाईहरूको सेजन सीमित गर्नुहोस् ।
–दैनिक ३० मिनेट पैदल हिँड्नुहोस् वा हल्का व्यायाम गर्नुहोस् ।
बेलुकाको खाना केवल पेट भर्नको लागि मात्र होइन, स्वास्थ्य कायम राख्नको लागि पनि हो । यदि तपाईँले गलत खानपान गर्नु भयो वा खाने बित्तिकै सुत्नु भयो भने यसले कलेजोलाई हानि पुर्याउन सक्छ ।
फ्याटी लिभर एक गम्भीर तर रोकथाम गर्न सकिने रोग हो । यसबाट बच्न तपाईँलाई आवश्यक पर्ने भनेको उचित जानकारी र थोरै सावधानी मात्रै हो ।
(अस्वीकरणः सल्लाह सहितको यो सामग्री सामान्य जानकारीका लागि अनलाइन सामाग्रीहरूबाट तयार पारिएको हो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण