फ्लोरिडामा दौडिरहेको कार बारमा छिर्दा ४ जनाको मृत्यु
आइतबार, २३ कात्तिक २०८२, १५ : ०५
सारांश
- फ्लोरिडाको टाम्पामा शनिबार भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
- प्रहरीले पिछा गरिरहेको कार बारभित्र पसेको थियो, जसमा १३ जना घाइते भए।
- २२ वर्षीय संदिग्धलाई पक्राउ गरी घटनाको छानबिन भइरहेको छ।
वासिङ्टन डीसी । फ्लोरिडाको टाम्पामा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । शनिबार बिहान रफ्तारमा रहेको कार भिडभाड भएको बारभित्र घुसेको थियो ।
कारलाई प्रहरीले पछ्याइरहेका थिए । यस घटनामा अरू १३ जना घाइते भएको बताइएको छ । पिछा गर्ने क्रममा आफूले कार रोक्न नसकेको र चालकले नियन्त्रण गुमाएको प्रहरीले बताएको छ ।
यस घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको र १ जनाको अस्पतालमा मृत्यु भएको छ । केही घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ । प्रहरीले २२ वर्षीय संदिग्धलाई पक्राउ गरेर घटनाबारे छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण