त्रिभुवन विमानस्थलबाट गाँजासहित श्रीलंकन नागरिक पक्राउ
आइतबार, २३ कात्तिक २०८२, १६ : १०
सारांश
- त्रिभुवन विमानस्थलमा गाँजासहित एक श्रीलंकन नागरिक पक्राउ परेकी छिन्।
- शनिबार बैंककबाट आएकी ३२ वर्षीया निरोहिनी मुरुगानलाई २ किलो गाँजासहित नियन्त्रणमा लिइयो।
- पक्राउ परेकी मुरुगानलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तुसहित एक श्रीलंकन नागरिक पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा ३२ वर्षीया निरोहिनी मुरुगान रहेकी छन्। उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो।
थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौँ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयसमेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट करिब २ किलोग्राम परिमाणको गाँजा फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी निरोहिनी मुरुगानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री लामालाई प्रश्न : बागमती सरकारमा २०८२ साउन २० को नजिर कायम गर्न खोजिएको हो ?
-
आफैँ तेल बेच्ने रुस कसरी पर्यो इन्धन सङ्कटमा ?
-
एआईजी राठौरले सम्हाले उपत्यका प्रहरीको कार्यभार
-
गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग
-
कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...
-
प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण