एमालेकै कारण देश सखाप भयो, मधेसलाई थप सखाप पार्न खोजिँदैछ : कांग्रेस नेता यादव
सारांश
- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि एमालेको इशारामा काम गरेको आरोप लगाए।
- प्रदेश प्रमुखले एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि यादवले आपत्ति जनाए, जसले संविधानमाथि प्रहार भएको बताए।
- यादवले प्रदेश प्रमुखको कदमको विरुद्ध सडक र कानुनी उपचारमा जान तयार रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेको इशारामा संविधान र प्रदेश संरचनामाथि प्रहार गरेको आरोप लगाएका छन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस संसदीय दलका नेता यादवले आपत्ति जनाएका हुन् ।
‘मधेसमा दादागिरी, छापामार शैलीमा प्रदेश प्रमुखले मधेस भवन छाडेर सिन्धुलीमा पुगेर राति मुख्यमन्त्री नियुक्ति र शपथ गराउनु भयो,’ उनले भने ।
यादवले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेसमा नयाँ सरकार बन्ने प्रबल सम्भावना रहेको र आफूहरूले आइतबार दुई तिहाइ सांसदसहित गएर प्रदेश प्रमुखलाई यसबारे ध्यानाकर्षण गराएको स्मरण गराए । यसका बाबजुद प्रदेश प्रमुखले उपधारा ३ मा गएर मुख्यमन्त्री नियुक्त गरेको भन्दै उनले यसबाट संविधान र सङ्घीयतामाथि नै प्रहार भएको बताए ।
‘संविधान र प्रदेशमाथि खेलबाड गर्न खोजिएको छ,’ यादवले भने, ‘एमालेकै कारण देश नै सखाप भयो, अहिले पनि मधेस प्रदेशलाई थप सखाप पार्न खेल भइरहेको छ ।’
एमालेकै कोटाबाट प्रदेश प्रमुखमा नियुक्त भण्डारीले एमालेकै अनुकूल हुने गरी आफ्नो भूमिका केन्द्रित गरेको यादवको आरोप छ । ‘उनीहरूको प्रवृत्ति, गतिविधि जसरी अघि बढिरहेको थियो, त्यसको विरुद्ध हामी सबै गएर प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थियौँ,’ तर प्रदेश प्रमुखले मधेस भवनबाट निस्किएर सिन्धुलीतिर गएर मुख्यमन्त्री नियुक्त गर्नुभयो ।’
उनले प्रदेश प्रमुखको यो कदमको विरुद्ध सडकमा निस्किएर हुन्छ कि, कानुनी उपचारमा गएर हुन्छ कि, के–के गर्नुपर्ने हो, त्यसका लागि आफूहरू तयार रहेको प्रस्ट पारे । उनले भने, ‘अहिले त्यसकै लागि हामी छलफलमा छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण