पत्नीको चुनावी अभियानको पोस्टरमा श्रीमानको फोटो भएपछि....
सारांश
- इराकको संसदीय चुनावमा शायमा सामीको सट्टा उनका पतिले प्रचार प्रसार गरिरहेका छन्।
- महिला अधिकारकर्मीहरूले शायमाको सट्टा पतिलाई प्रचारमा ल्याएकोमा आपत्ति जनाएका छन्।
- किर्कुकका सडकमा शायमाको चुनावी प्रचार सामग्रीमा उनको फोटो नभएकोमा सामाजिक सञ्जालमा बहस भइरहेको छ।
बगदाद । शायमा सामी इराकको संसदीय चुनावमा मोहम्मद अल–हलबुसीको तकादुम पार्टीको तर्फबाट उम्मेदवार छिन् । तर किर्कुकका सडकहरूमा टाँसिएका चुनावी प्रचार प्रसारका पोस्टर र बिलबोर्ड हेर्दा शायमा नभएर उनका पति संसदीय सिटको लागि उम्मेदवार हुन् भन्ने लाग्छ ।
सबै प्रचार सामग्रीमा शायमाको सट्टामा उनका पति शेख अहमद इब्राहिम देखिएका छन् । उनी र उनका आफन्तहरूले शायमाको लागि व्यापक प्रचार पनि गरिरहेका छन् ।
‘यो उनको कार्यालय विवरण देखाउन एउटा सङ्केत हो । तपाईंले देख्न सक्नुहुन्छ कि, बाटोमा धेरै पोस्टरहरू छन् जसमा उम्मेदवारको नाम र नम्बर मात्र छ । हामी आदिवासी पृष्ठभूमिबाट आएका हौं । तपाईंले आफ्नो तस्बिर राखेर जित्ने प्रयास गर्नुहुन्न । तपाईंको एउटा नाम, जनजाति, मानिसहरू, आफन्त र प्रियजनहरू छन् जसले तपाईंलाई मतदान गर्छन्’ इब्राहिमले भने ।
शायमा सामीको असामान्य राजनीतिक अभियानले सामाजिक सञ्जालमा चर्को बहस सुरु गरेको छ । जनताको मत सुरक्षित गर्न उनका पति नभएर शायमा आफैँ चर्चामा हुनुपर्छ भनेर महिला अधिकारकर्मीहरूले तर्क गरिरहेका छन् । मतपत्रमा उनको नाम भएपछि चुनावी प्रचार प्रसारको सामाग्रीमा पनि त उनकै तस्बिर हुनुपर्ने हो नि होइन र ?
‘भान्सादेखि संसद्सम्म, यो निकै दुर्भाग्यपूर्ण छ । यसले किर्कुकका सडकलाई नकारात्मक असर पार्नेछ,’ इराकी होप अर्गनाइजेशनकी प्रमुख स्रुद मोहम्मदले भने । ‘यदि उनी मेरो प्रतिनिधि हुन् भने, उनी उभिनुपर्छ, बोल्न सक्षम हुनुपर्छ । जब मैले उनी को हुन् भनेर जान्दिनँ भने उनले कसरी मेरो अधिकारको वकालत गर्न सक्छिन्... यसले हामीलाई बताउँछ कि उनको प्रयोग भइरहेको छ’ स्रुद मोहम्मदले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण