प्रतिनिधिसभाको पुनर्स्थापनाले वर्तमान संकटको निकास दिँदैन : विमलेन्द्र निधि
सारांश
- विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापनाले संकटको निकास नदिने बताएका छन्।
- उनले निर्वाचनले मात्रै निकास दिने भन्दै पार्टीको बैठकले निर्वाचनमा जाने निर्णय गर्नुपर्ने बताए।
- निधिले पुनर्स्थापनाको लागि हस्ताक्षर अभियान चलाउनुलाई अपरिपक्व निर्णय भनेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको पुनर्स्थापनाले वर्तमान संकटको निकास नदिने बताएका छन् । निधिले निर्वाचनले मात्रै संकटको निकास दिने भन्दै पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय गर्नुपर्ने बताए ।
‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना भयो भने अङ्क गणितले फेरि गठबन्धनकै सृजना गर्ने अवस्था हुन्छ । यस्तो गठबन्धन जसले देशमा राजनीतिक दुर्घटना रोक्न सकेन, त्यस्तो गठबन्धनकै सरकार निर्माण गर्ने खालको प्रतिनिधिसभा पुनर्स्थापनाले कुनै समाधान दिँदैन,’ निधिले रातोपाटीसँग भने– ‘त्यसैले फागुन २१ गतेका लागि निर्धारित निर्वाचनमै भाग लिने नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ ।’
निधिले पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान चलाइनु अपरिपक्व र अदूरदर्शी निर्णय भएकोले त्यस्तो काममा कोही पनि लाग्न नहुने बताए ।
‘समाचारहरूबाट मैले सुनेको छु नेपाली कांग्रेसभित्र पनि बाहिर पनि पुनर्स्थापनाको लागि हस्ताक्षर अभियान चलाइएको छ,’ निधिले भने, ‘यो विल्कुल अपरिपक्व र अदूरदर्शी निर्णय भएकोले यस्तो गलत काममा कोही पनि लाग्न हुँदैन भन्ने मरो धारणा हो ।’
कांग्रेसमा निवर्तमान प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि शनिबार साँझबाट हस्ताक्षर सुरु भएको छ ।
हस्ताक्षर सङ्कलनको इतर समूहका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा समूहले विरोध गरिसकेको छ । यही सन्दर्भमा संस्थापन समूहकै नेता निधिले पनि हस्ताक्षर सङ्कलनको विरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण