उदयपुरमा विङ्गर दुर्घटना, चालकसहित १२ जना घाइते
सारांश
- उदयपुरको शान्तिचोकमा विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
- दुर्घटनामा घाइते भएकामध्ये ६ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
- दुर्घटनाग्रस्त विङ्गर अनियन्त्रित भई सडक छेउको पर्खालमा ठोक्किएको थियो।
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-४, शान्तिचोकमा आज बिहान विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको विङ्गर अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, बिहान करिब ७:४५ बजे भएको उक्त दुर्घटनालगत्तै घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो। घाइतेमध्ये ६ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी ६ जनाको उपचार जारी रहेको छ।
अस्पतालमा उपचारपछि डिस्चार्ज हुनेहरूमा त्रियुगा-११ का ७४ वर्षीय पूर्णबहादुर राई, त्रियुगा-१२ की १७ वर्षीया प्रजिता विश्वकर्मा, ओखलढुंगाका ४५ वर्षीय तिर्थ घिमिरे, सप्तरी सुरुङ्गा-१ की २७ वर्षीया चन्द्रमाया चौधरी र उनकी ४ वर्षीया छोरी एरिना चौधरी तथा काठमाडौंका ४४ वर्षीय शम्भुराज पोखरेल रहेका छन्।
दुर्घटनामा घाइते भएका चालक सप्तरी हनुमाननगरका २६ वर्षीय उपेन्द्र साहसहित अन्य ६ जनाको उपचार जारी रहेको छ। अस्पतालका अनुसार केही घाइतेहरूलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ भने बाँकीको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
उपचाररत अन्य घाइतेहरूमा त्रियुगा-११ की ६० वर्षीया रामकुमारी राई, त्रियुगा-१२ का ४४ वर्षीय ज्ञानेन्द्र विश्वकर्मा, त्रियुगा-७ का २२ वर्षीय केवल ठकुरी, त्रियुगा-२ का ७७ वर्षीय कमल बहादुर खड्का र सोही ठाउँका ५७ वर्षीय नर बहादुर खत्री रहेका छन्।
दुर्घटनाको कारणबारे खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण