१५ औँ दिनमा खुल्यो कटहरिया नगरपालिकाको ताला
सारांश
- रौतहटको कटहरिया नगरपालिकामा करार र दैनिक ज्यालादारी कर्मचारीले तलबको माग गर्दै तालाबन्दी गरे।
- मेयरले वास्ता नगरेपछि वडाअध्यक्ष र कार्यपालिका सदस्यको सहमतिमा १५औँ दिनमा तालाबन्दी खुल्यो।
- नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि कर्मचारीको तलब निकासा गर्ने सहमति भयो, सेवाहरू सुचारु भए।
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा करार र दैनिक ज्यालादारी कर्मचारीहरूले बक्यौता तलब–भत्ता भुक्तानीको माग गर्दै गरेको तालाबन्दी १५ औँ दिनमा खुलेको छ ।
मेयर अजय प्रकाश जैसवालले समस्या समाधानमा लागि कुनै वास्ता नगरेको भन्दै ९ वटै वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरूले तलब निकासा नभए पुनः तालाबन्दी गर्ने सर्तमा सोमवार साँझ ताला खुलाइएको वडाअध्यक्ष चन्दन कुशवाहाले बताए।
बैठकमा सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले तत्काल मेयरले बसाउने बैठकमा कुनै पनि प्रस्तावमा हस्ताक्षर नगर्ने सम्पूर्ण वडा अध्यक्ष र नगर कार्यपालिकाबिच सहमति भएको बताए।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि पहिलो प्राथमिकतामा कर्मचारीहरूको तलब निकासा गर्ने सहमति भएको छ ।
तालाबन्दीका कारण दुईसातादेखि नगरपालिकाका अत्यावश्यक सेवा नागरिकता सिफारिस, सामाजिक सेवा, राजस्व संकलन लगायतका नियमित कामकाजहरू अवरुद्ध भएकोमा आजदेखि सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण