‘मन बिनाको धन’को थपियो शो
सारांश
- शुक्रबार प्रदर्शनमा आएको फिल्म 'मन बिनाको धन' ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
- निर्देशक टंक बुढाथोकीका अनुसार, सुरुमा कम शो पाए पनि अहिले दर्शकको प्रतिक्रियाले शो बढेको छ।
- नेपालगञ्जा र अन्य स्थानमा फिल्म हाउसफुल भइरहेको छ, जसले फिल्मको व्यवसाय बढाएको छ।
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘मन बिनाको धन’ । फिल्मको व्यवसाय दिन प्रतिदिन बढ्दो रहेको छ । फिल्मले दर्शकबाट राम्रो प्रक्रिया पाउन समेत सफल भएको छ ।
फिल्मका निर्देशक टंक बुढाथोकीले फिल्मले सुरुवाती दिनभन्दा अहिले राम्रो व्यवसाय गर्न सफल भएको बताए । ‘फिल्मले सुरुवातको समय कम शो पाएको थियो । दर्शकको प्रतिक्रिया राम्रो आएपछि अहिले शो पनि बढेको छ’, बुढाथोकीले भने ‘ फिल्म हेर्न स्कुल विद्यार्थी देखि बुबाआमासम्म देखिएका छन् ।’ विशेष गरेर फिल्मको अशोक दर्जीसँगै नीता ढुंगाना र रमेश विश्वकर्मा अभिनय मन पराइएको बुढाथोकीको भनाई छ ।
सोमबार फिल्मको नेपालगञ्जाको सिने रोयलमा ७ शो र क्युएफएक्स बागेश्वरीमा २ शो हाउसफुल भएको थियो । पूर्वको इटहरी, बिर्तामोड, दमक , विराटनगर, चितवन, पोखरा, दाङ्गमा दर्शकको भिड बढ्दो छ ।
सुरुको दिनमा ९५ सो पाएको फिल्मले अहिले देशभरसवा सयको हाराहारी पाएको छ । फिल्ममा दर्शक देखिएसँगै फिल्मका कलाकार काठमाडौँमा विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण