बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चीनमा चर्चित 'गे डेटिङ एप'लाई एपस्टोरबाट हटाइयो

बुधबार, २६ कात्तिक २०८२, १२ : २८
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • एप्पलले चीनमा गे डेटिङ एपहरू ब्ल्यूड र फिन्कालाई एप स्टोरबाट हटायो।
  • चीन सरकारको आदेशपछि एप्पलले यो कदम चालेको हो, जसले एलजीबीटी समुदायमा चिन्ता बढाएको छ।
  • एप्पलले चीनमा इन्टरनेटसम्बन्धी कठोर नियमहरूको पालना गर्छ, जसले गर्दा अन्य सामाजिक सञ्जालहरू पनि प्रतिबन्धित छन्।

बेइजिङ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले चीनमा आफ्नो एप स्टोरबाट गे (पुरुष समलिंगीहरू)माझ चर्चित दुई डेटिङ एप हटाएको छ । अधिकारीहरूको आदेशपछि कम्पनीले एप स्टोरबाट ब्ल्यूड र फिन्कालाई हटाएको हो । 

‘हामीहरू जहाँ सञ्चालित हुन्छौँ, त्यही देशको कानुन पालना गर्छौ । चीनको साइबरस्पेश प्रशासनबाट आदेश आएपछि हामीले चीन एपस्टोरबाट मात्रै यी एपलाई हटाएका छौं’ एप्पलका प्रवक्ताले भने ।

कम्पनीको यस कदमले चीनमा एलजीबीटी समुदायमाझ चिन्ता बढाएको छ । बीबीसीले वाशिङटनमा रहेको अमेरिकी दूतावा र कम्पनीको मुख्यालय दुबैलाई यस कदमबारे सोधेको थियो । यसबारे दुवैको प्रतिक्रिया आइनसकेको बताइएको छ । 

चिनियाँ एप स्टोरमा ब्ल्यूडको लाइट भर्सन भने अझै बाँकी नै रहेको बीबीसीले खोज्दाखेरि पाएको थियो । जिक्को र ज्याक्ड लगायत अन्य समलिङ्गी र उभयलिंगी डेटिङ एप पनि थिए । तर ब्ल्यूड चीनमा गेहरूमाझ सर्वाधिक चर्चित डेटिङ एप हो ।

चीनमा एप्पलले त्यहाँको इन्टरनेटसम्बन्धी कठोर नियमको पालना गर्दै छुट्टै एपस्टोर चलाउँछ । चीनमा इन्ष्टाग्राम र ह्वाट्सएपजस्ता विश्व चर्चित सामाजिक सञ्जाल पनि उपलब्ध छैनन् । चीनमा गुगल प्लेस्टोरलाई पनि रोक लगाइएकोले एन्ड्रोइड उपकरणहरूले यसको स्थानीय संस्करण मात्रै चलाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप