शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरी कार्यालय तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न ९ जना पक्राउ

बुधबार, २६ कात्तिक २०८२, १६ : ४७
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • दमक इलाका प्रहरी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले हतियार लुटेको आरोपमा सुजल राई र गणेश शर्मालाई पक्राउ गरेको छ, उनीहरूमाथि अनुसन्धान जारी छ।
  • सशस्त्र प्रहरी बलको एसएलआर राइफल लुटपाटमा संलग्न १७ वर्षीय आदित्य लिम्बूलाई पनि पक्राउ गरिएको छ।

झापा । झापाको इलाका प्रहरी कार्यालय दमकमा आक्रमण, तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जना व्यक्तिलाई पक्राउ गरेको छ । यो घटना मिति २०८२ भदौ २४ गते भएको थियो।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई विभिन्न कसुर अन्तर्गत पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । प्रहरीको हतियार लुटपाट गरेको आरोपमा इलाम, चुलाचुली गाउँपालिका–३ का १९ वर्षीय सुजल राई र दमक नगरपालिका–७ का १९ वर्षीय गणेश शर्मालाई पक्राउ गरिएको छ । 

उनीहरूमाथि हातहतियार तथा खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। कार्यालय, साना–ठुला सवारी साधनहरूमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न पाँचथर, मिक्लाजुङ गाउँपालिका–५ घर भई दमक–१ बस्ने २१ वर्षीय साजन लुहागुन, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलाम, चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी, दमक–१ का ३४ वर्षीय दिपचन महतो र दमक–६ का २४ वर्षीय लोमस कटुवाल पक्राउ परेका छन् । उनीहरूमाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

यस्तै, दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी सुरक्षा वेश क्याम्पमा रहेको सशस्त्र प्रहरी बलको एसएलआर राइफल लुटपाटमा संलग्न पाँचथर, फाल्गुनन्द गाउँपालिका–७ घर भई दमक(३ बस्ने १७ वर्षीय आदित्य लिम्बूलाई पक्राउ गरी हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप