आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा
सारांश
- नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जुनियर प्रहरी अधिकृतसम्मलाई आपतकालीन सहुलियत कर्जा दिने निर्णय गरेका छन्।
- प्रहरी कल्याण कोषबाट वरिष्ठ सईसम्मका लागि आपतकालीन कर्जा दिने निर्णय भएको छ।
- कर्जा जवानदेखि वरिष्ठ सईसम्मका प्रहरी कर्मचारीले आपतकालीन अवस्थामा पाउनेछन् र डेढ वर्षभित्र तिर्नुपर्नेछ।
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जुनियर प्रहरी अधिकृत सम्मलाई आपतकालीन सहुलियत कर्जा दिने निर्णय गरेका छन् । उनले वरिष्ठ सईसम्मको लागि प्रहरी कल्याण कोषबाट आपतकालीन कर्जा दिने निर्णय गरेका हुन् ।
नेपाल प्रहरीको ३३ औँ आईजीपी नियुक्त भएपछि उनले सो निर्णय गरेका हुन् । आपतकालीन अवस्थामा दिइने सो कर्जा जवानदेखि वरिष्ठ सई सम्मले मात्र लिन पाउनेछन् ।
कल्याण कोषबाट यसअघि कोटा प्रणालीबाट दिइँदै आएको ५ लाख सहुलियत कर्जा जुनियर कर्मचारी र कम्प्युटर चलाउने क्षमता नभएकाहरूको पहुँचमा नभएको निष्कर्षसहित सो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निवेदनको आधारमा जुनियर अधिकृतसम्मलाई मापदण्ड बनाएर कर्जा दिने निर्णय प्रहरीको पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) बाट पारित भएको छ । आपतकालीन अवस्थाको सो कर्जा डेढ वर्षभित्र तिरिसक्नुपर्ने कार्यविधि पारित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण