प्रतिनिधिसभा भंग गरेपछि मुलुक थप संकटमा धकेलियो : सभामुख घिमिरे
सारांश
- सभामुख देवराज घिमिरेले छिट्टै संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन्।
- उनले संसद विघटन असंवैधानिक भएको र पुनर्स्थापना हुनुपर्नेमा जोड दिए।
- घिमिरेले संविधान संशोधन गरेर समस्या समाधान गर्न सकिने बताए।
काठमाडौँ । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्ने बताएका छन् । असंवैधानिक प्रक्रियाबाट संसद् विघटन भएकोले पुनर्स्थापना हुनै पर्ने घिमिरेको भनाइ छ ।
शुक्रबार बिहान झापा बिर्तामोडस्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको मुद्दालाई चाँडो छलफलमा लैजानुपर्ने बताए । कानुनी, व्यवहारिक र आवश्यकताका हिसाबले संसद् पुनर्स्थापना हुने सभामुख घिमिरेको विश्वास छ ।
जननिर्वाचित संस्था प्रतिनिधिसभा भंग गरेपछि मुलुक थप संकटमा धकेलिएको घिमिरेको भनाई छ । ‘संसद् पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ’, उनले भने– ‘जेनजीहरुको माग सम्बोधन गर्ने बाटो पनि यहि हो ।’
संविधानका संशोधन गर्नुपर्ने विषयहरू छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने भन्दै घिमिरेले वर्तमान सरकारको प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताए ।
बिहीबार झापा आएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास आयोजनाहरूको अनुगमन गरेका छन् । गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमणि, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरू अनुगमन गरेको सचिवालयका हिमाल मैनालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण