शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : अनिर्णीत कांग्रेस, २३ वर्ष ‘फ्रिज’ नेकपा विवाद फेरि बल्झियो

शुक्रबार, २८ कात्तिक २०८२, २१ : ३०
शुक्रबार, २८ कात्तिक २०८२

आज २०८२ कात्तिक २८ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने

नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्य समितिको टुंगो लगाएपछि मात्र सबै तहका समितिमा समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर नेकपा बनाइएको हो । 

  • महाधिवेशन र चुनावबारे अझै अनिर्णीत कांग्रेस

असोज २८ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै सकिएको छैन । सभापति शेरबहादुर देउवासहित १६५ जना नेताले बैठकमा धारणा राख्नेक्रम बिहीबार सकिएको छ । तर एक महिना लामो चलेको बैठकको कुनै पनि निर्णय सार्वजनिक भएको छैन । धारणा राख्नेक्रम सकिएपछि बिहीबार बैठक रोकेर शनिबारका लागि बोलाइएको छ । 

  • सन्तोष परियारद्वारा राजीनामा  

रास्वपाका नेता सन्तोष परियारले शुक्रबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिलाई राष्ट्र र जनताको जीवनसँग जोड्न फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उनले पत्रमा उल्लेख गरेका छन् । 

  • मतदाता नामावली संकलनको म्याद थपियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ ।

  • २३ वर्ष ‘फ्रिज’ भएको नेकपा विवाद फेरि बल्झियो

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम घटकले एकता गरी गठन भएको नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०  विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप