माओवादी केन्द्रका केन्द्रीय सदस्य बलम्पाकी र दाहालद्वारा पार्टी परित्यागको घोषणा
सारांश
- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर बलम्पाकी र सीता दाहालले पार्टी परित्याग गरे।
- उनीहरूले प्रगतिशील राष्ट्रिय अभियान, नेपालमा लाग्ने घोषणा गरेका छन्, चरम विकृति र संकटको कारण देखाउँदै।
- माओवादी केन्द्र र एकीकृत समाजवादीमा समाहित नहुने निर्णय गर्दै नयाँ अभियानमा लागेका हुन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरू टेक बहादुर बलम्पाकी र सीता दाहालले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनीहरू दुई समूह मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै प्रगतिशील राष्ट्रिय अभियान, नेपालमा लाग्ने घोषणा गरेका हुन्।
एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्तरीका बलम्पाकी र दाहालले यो निर्णयबारे जानकारी गराएका छन्। झन्डै चार दशक लामो कम्युनिस्ट आन्दोलनको यात्रामा योगदान पुर्याएको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक राजनीतिमा देखिएको चरम विकृति, भ्रष्ट आचरण र त्यसले राष्ट्र तथा जनतालाई पारेको बहुआयामिक संकटलाई यथास्थितिमा बोकेर हिँड्न नसक्ने निर्णयमा पुगिएको हो।’
‘भाद्र २३ र २४ गतेको युवा विद्रोहपछि नेपालको राजनीतिक दल, राज्यका संरचना र समाजको पुनर्संरचनाको ध्येय स्पष्ट भए पनि त्यसो हुने बाटोमा गएन,’ विज्ञप्तिमा भनिएको छ । आफूहरू पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको निवर्तमान पार्टी नेकपा (माओवादी केन्द्र) माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित हुने निर्णयमा सहमत हुन नसकेको उनीहरूले बताएका छन्।
उनीहरूले आजैको मितिदेखि ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ मा लामबद्ध हुने घोषणा गरेका छन्। साथै, देशभक्त, प्रगतिशील, वामपन्थी, लोकतान्त्रिक, समाजवादी शक्ति र नयाँ पुस्तालाई पनि यो अभियानमा सहभागी हुन हार्दिक अपिल गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण