झापा, उदयपुर र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित १० जना पक्राउ
सारांश
- प्रहरीले लागुऔषधसहित झापा, उदयपुर र सुनसरीबाट १० जनालाई पक्राउ गरेको छ।
- झापामा ब्राउन सुगरसहित देवराज श्रेष्ठ, राम कुमार मौली, सुफर मडी र अनुप महतो पक्राउ परे।
- उदयपुरमा प्रकाश नेपाली गाँजासहित र धरानमा सनम तामाङ ब्राउन सुगरसहित पक्राउ परेका छन्।
मोरङ । झापा, उदयपुर र सुनसरीको विभिन्न स्थानहरूबाट कार्तिक २८ गते प्रतिबन्धित लागुऔषधसहित १० जना पक्राउ परेका छन् । झापाको वडा प्रहरी कार्यालय भद्रपुरले देवराज श्रेष्ठलाई २ ग्राम ६० मिलिग्राम, राम कुमार मौलीलाई ३ ग्राम २० मिलिग्राम, सुफर मडीलाई ५ सय २० मिलिग्राम र अनुप महतोलाई ९ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
यसैगरी, अस्थायी प्रहरी पोष्ट कोठु, उदयपुरले प्रकाश नेपालीलाई ६०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानले सनम तामाङलाई ३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले बराहक्षेत्र-४ का सुनिल गिरीलाई लागूऔषध ट्रामाडोल ८२ क्याप्सुल र स्पास्पेन १९९० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।
यसका साथै, सामुदायिक प्रहरी बिट हवाइ चौकले लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १० ट्याब्लेटसहित यनि लिम्बु, रिवाज राई र सुजन राईलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण