मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फ्रान्समा १२ लाख डलर बराबरका गहना चोरी

शनिबार, २९ कात्तिक २०८२, २३ : २३
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • उत्तरी फ्रान्समा चोरहरूले १२ लाख डलर बराबरका गहना चोरी गरेका छन् ।
  • चोरहरूले गहना पसलमा तोडफोड गरी जौहरी र उनकी श्रीमतीलाई बन्धक बनाए ।
  • प्रहरीले अपहरण, संगठित अपराध र सशस्त्र चन्दा असुलीको विषयमा अनुसन्धान सुरु गरेको छ ।

लिली, फ्रान्स । उत्तरी फ्रान्समा चोरहरूले १२ लाख डलर बराबरका गहना चोरी गरेका छन् । 

चोरले बुधबार लिली नजिकैको मध्य रूबैक्समा एक गहना पसलमा तोडफोड गरी बहुमूल्य सामानहरू लिएर भाग्नु अघि जौहरी र उनकी श्रीमतीलाई केही समय बन्धकसमेत बनाएका थिए।

प्रहरीले घटनामा संलग्नता रहेको आशङ्कामा पक्राउ गरेका केही व्यक्तिविरुद्ध अपहरण, सङ्गठित अपराध र सशस्त्र चन्दा असुलीको विषयमा अनुसन्धान सुरु गरेको छ ।

गत महिना पेरिसको लुभ्र म्युजियबाट पनि एक गिरोहले दिनदहाडै १० करोड २० लाख अमेरिकी डलर बराबरको बहुमूल्य तथा ऐतिहासिक महत्वका गहना चोरी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप