कीर्तिपुर क्रिकेट रङ्गशाला हस्तान्तरणसँगै नेपालको क्रिकेट उज्यालो भविष्यतर्फ : मन्त्री घिसिङ
सारांश
- शहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुर क्रिकेट रङ्गशालाको पहिलो चरण हस्तान्तरणलाई खेलकुद विकासको महत्वपूर्ण कोसेढुङ्गा मानेका छन्।
- कीर्तिपुरमा प्यारापेट र फ्लडलाइटसहितको रङ्गशाला क्यान र राखेपलाई हस्तान्तरण गरियो, जसले नेपालको खेलकुदको भविष्य उज्यालो बनाउने विश्वास छ।
- मन्त्री घिसिङले रङ्गशाला निर्माणको दोस्रो चरणका लागि १० अर्ब बजेट सुनिश्चित भएको र तीन वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला बन्ने बताए।
काठमाडौँ । शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले कीर्तिपुर क्रिकेट रङ्गशालाको पहिलो चरण निर्माण सम्पन्न भई हस्तान्तरण भएसँगै देशको खेलकुद विकासका लागि महत्वपूर्ण माइलस्टोन बताएका छन्।
आइतबार शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा निर्मित प्यारापेट र फ्लडलाइट राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको थियो ।
यसबारे सोमबार सामाजिक सञ्जालमार्फत घिसिङले फ्लडलाइटको उज्यालोसँगै केवल रङ्गशाला मात्र होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो बन्दै गएको बताए।
घिसिङले भने, 'कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपाल क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ।'
उनका अनुसार वर्षौंदेखि अपुरो रहेको क्रिकेट रङ्गशाला निर्माणको सपना अब मूर्तरूप लिन थालेको छ।
उनले खेलकुदले युवालाई अनुशासित, उर्जाशील र एकतामा बाँध्ने मात्र होइन, देशको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय पहिचानमा पनि योगदान पुर्याउने उल्लेख गरे।
सरकारले कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गरी दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको मन्त्री घिसिङले बताए। उनका अनुसार आगामी तीन वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न भएपछि नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पूर्ण सुविधा सम्पन्न भव्य क्रिकेट रङ्गशाला पाउनेछ।
पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाप्रति उनले आभार व्यक्त गरे। उनले सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीलाई पनि शुभकामना दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण