एनआईसी एशिया बैंक र एनसीएचएलबिच सम्झौता
काठमाडौं । एनआई सी एशिया बैंक र एनसीएचएलबिच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यज्यू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै NPS–NCS को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड NEPALPAY Card अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु NPS–NCS र NEPALPAY Card मा आवद्ध भइरहेका छन् ।NEPALPAY पूर्वाधारको कमर्सियल रोलआउट पश्चात् एन आई सी एशिया बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
NPS–NCS लाई विभिन्न कार्ड स्विचहरुबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
NPS–NCS र NEPALPAY Card को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाईमा पुर्याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरु मध्येको एन आई सी एशिया बैंकले देश भरी रहेका ३६० वटा शाखा / ११५ विस्तारित काउन्टर / ४१ शाखारहित बैंकिङ्ग तथा ६४९ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण