१० बजे १० समाचार : ‘शेख हसिनालाई मृत्युदण्डको सजाय’देखि ‘जेनजीलाई आफ्नै सरकार बनाएर माग पूरा गर्न मन्त्रीको सुझाव’सम्म
आज २०८२ मंसिर १ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय, एनपीएलको उदघाटन खेलमा डिफेन्डिङ च्याम्पियन पराजित, प्रधानमन्त्रीलाई नागरिक समाजका अगुवाले दिए यस्तो सुझाव, नेकपाको एकता सन्देश सभा कार्यक्रम सार्वजनिक, कांग्रेसका २४ केन्द्रीय सदस्यको मागकै पक्षमा खुले दुई पूर्वपदाधिकारी, जेनजी प्रतिनिधिलाई शिक्षामन्त्रीको जबाफ लगायत छन् ।
१. बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको अदालतले आन्दोलनमा सहभागी युवाको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
२. एनपीएलको उदघाटन खेलमा डिफेन्डिङ च्याम्पियन पराजित
सिद्धार्थ बैंक एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु भएको छ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमान्डु गुर्खाजले पराजित गरेको छ ।
३. प्रधानमन्त्रीलाई नागरिक समाजका अगुवाले दिए यस्तो सुझाव
प्रधानमन्त्री सुशीला कार्कीलाई नागरिक समाजका अगुवाले विभिन्न सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवालाई बोलाएर निर्वाचनको तयारीबारे जानकारी गराउँदै सकारात्मक वातावरण निर्माणमा सहयोगको अपेक्षा गरेकी थिइन् । यस क्रममा नागरिक समाजका अगुवाले राजनीतिक दलका नेताहरूलाई भेटेर सरकारकातर्फबाट आवश्यक पहल थाल्न सुझाव दिएका थिए ।
४. नेकपाको एकता सन्देश सभा कार्यक्रम सार्वजनिक
विभिन्न दलबिच एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देश सभाको कार्यक्रम सार्वजनिक गरेको छ ।
५. कांग्रेसका २४ केन्द्रीय सदस्यको मागकै पक्षमा खुले दुई पूर्वपदाधिकारी
नेपाली कांग्रेसको संस्थापन समूहका २४ केन्द्रीय सदस्यको ७ बुँदे मागमा दुई पूर्वपदाधिकारीले ऐक्यबद्धता जनाएका छन् । गत कात्तिक २६ गते संस्थापन समूहका २४ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया मंसिरभित्र सुरु गर्नुपर्ने लगायतका ७ बुँदे माग पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए । ती मागमा सोमबार पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ऐक्यबद्धता जनाएको केन्द्रीय सदस्य आङगेलु शेर्पाले जानकारी दिए ।
६. निर्वाचन आयोगमा धमाधम दल दर्ता
निर्वाचन आयोगमा दल दर्ताको लहर नै चलेको छ । कतिपय नयाँ दल दर्ता गर्ने क्रम जारी रहँदा पुराना दलले पनि निर्वाचन प्रयोजनका लागि दर्ता गर्न थालेका छन् ।
७. जेनजी प्रतिनिधिलाई शिक्षामन्त्रीको जबाफ
विभिन्न माग लिएर आएका जेनजी प्रतिनिधिलाई शिक्षामन्त्री महावीर पुनले चुनाव जितेर आफ्नै सरकार बनाउन र आफ्ना माग पूरा गर्न सुझाव दिएका छन् ।
८. दुई कम्युनिस्ट पार्टीबिच एकता
सोमबार दुई कम्युनिस्ट पार्टीबिच एकता भएको छ । लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र अम्बिकाप्रसाद थैव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)बिच एकता भएको हो ।
९. आफ्नै घरमा बसेर राज्यकोषबाट घरभाडा बुझ्दै कोशीका मन्त्री
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आफ्नै घरमा बसेर राज्यकोषबाट घरभाडा बुझ्दै आएको पाइएको छ । यस्तै सभामुख अम्बरबहादुर विष्टले सरकारी नम्बर प्लेटको गाडीमा निजी नम्बर प्लेट हालेर प्रयोग गरेको विवरण सार्वजनिक भएको छ ।
१०. गणतन्त्रवादीले नै राजा ल्याउने लिङ्देनको दाबी
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादी दलले नै राजा ल्याउने दाबी गरेका छन् । राप्रपाको पोखरा महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले देशकै अभिभावक बनेर राजा आउने दाबी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण