नेपाली कम्युनिस्ट पार्टीको ‘एकता सन्देश सभा’ कार्यक्रम सार्वजनिक
सारांश
- नेकपाले मंसिर महिनाभर देशव्यापी 'एकता सन्देश सभा' आयोजना गर्ने भएको छ।
- प्रदेशस्तरीय सभाहरू मंसिर १२ देखि २३ गतेसम्म सुदूरपश्चिमबाट सुरु भई अन्य प्रदेशमा चल्नेछन्।
- पार्टीले जिल्ला र स्थानीय तहमा पनि एकता सन्देश सभा गर्ने निर्णय गरेको छ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी ‘एकता सन्देश सभा’ सञ्चालन गर्न कार्यक्रम सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालयबाट सोमबार जारी गरिएको प्रेस नोटमा मंसिर महिनाभर विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहमा सभा आयोजना गरिने उल्लेख छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको प्रेस नोटअनुसार, प्रदेशस्तरीय एकता सन्देश सभाहरू मंसिर १२ गतेदेखि २३ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन हुनेछन्। सुदूरपश्चिमबाट सुरु हुने यी कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, संघीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुनेछ।
त्यस्तै, विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मंसिर २१ गते साँझ ६ बजे भर्चुअल एकता सभा सञ्चालन गरिने कार्यक्रमसमेत तय गरिएको छ।
पार्टीले मंसिर २६ गतेसम्म प्रदेश कार्यालयको समन्वयमा देशका सबै जिल्लामा एकता सन्देश सभा सञ्चालन गरिने जनाएको छ। साथै, मंसिर २९ गते देशभरका सम्पूर्ण स्थानीय तहमा एकसाथ एकता सन्देश सभा गर्ने निर्णय भएको प्रेस नोटमा उल्लेख छ।
सबै तहका सभाहरूको आयोजना तथा व्यवस्थापन सम्बन्धित प्रदेश, जिल्ला र स्थानीय तहका कार्यालयले गर्ने विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण