निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह
सोमबार, ०१ मङ्सिर २०८२, २२ : ०९
सारांश
- बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले निर्वाचनमा विद्यालय र बालबालिका प्रयोग नगर्न आयोगको ध्यानाकर्षण गरायो।
- अभियानले १८ वर्षमुनिका बालबालिकालाई निर्वाचन गतिविधिमा सहभागी नगराउन आग्रह गरेको छ।
- निर्वाचन आयोगले बालबालिकाको प्रयोग हुन नदिनेमा सचेत रहेको जनाएको छ।
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आज ज्ञापनपत्र बुझाउँदै अभियालने १८ वर्षभन्दा मुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि गतिविधिमा सहभागी नगराउने भन्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो ।
त्यसक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिइनेतर्फ आयोगसचेत रहेको बताउनुभएको अभियानका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए । कुनै पनि
राजनीतिक दलले विद्यालय र बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख गर्दै उनले यसमा राजनीतिक पार्टी र सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण