बैङ्कमा ११ खर्ब बढी रकम थुप्रिएको छ, लगानीको वातावरण तयार गरौँ: अध्यक्ष ढकाल
सारांश
- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले बैंकमा लगानीको वातावरण बनाउन आग्रह गरे।
- उनले नियमनकारी निकायको प्रभावकारी काम नहुँदा समस्या आएको र धितोपत्र बोर्डको काममा सुधार हुनुपर्ने बताए।
- ढकालले जेनजी आन्दोलनमा घुसपैठ भएको र गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने माग गरे।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा रु ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएकाले लगानीको वातावरण तयार गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ढकालले बैङ्कमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेकामा जोड दिए।
“एकातिर अहिले बैङ्कमा प्रशस्त रकम भएको अवस्था छ भने कतिपय आयोजनामा लगानी नभएर बेवारिसे छन्”, उनले भने, “जसले गर्दा आयोजनाको लागत बढेको अवस्था छ । यो अवस्थामा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ । त्यसका लागि लगानीको वातावरण तयार गर्नु पर्दछ ।”
यस्तै, उनले नियमनकारी निकायले पनि प्रभावकारी ढङ्गले काम नगर्दा समस्या सिर्जना भएको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए । धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म काम प्रभावित भए भनेपछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढङ्गले काम हुन नसकेकाले यसमा सुधार हुनु जरुरी भएकाले यस्तो प्रवृत्तिले लगानीको वातावरणमा नै असर पर्ने अध्यक्ष ढकालको भनाइ छ ।
धितोपत्र बोर्डले लामो समय जलविद्युत् आयोजनालाई आइपिओ निष्कासन गर्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ढकालले धितोपत्र बोर्डमा देखिएको समस्यालाई तत्काल हटाउनसमेत अर्थमन्त्रीसँग आग्रह गरे।
उनले असल नियतका साथ जेनजी आन्दोलन भएको भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। उनले भने, “सुशासन, भ्रष्टाचारको, पारदर्शिताको कुरा निजी क्षेत्रको छाता सङ्गठन उद्योग वाणिज्य महासङ्घले गत साधारणसभामा पनि पारित गरेको थियो । जेनजीले पनि पवित्र उद्देश्यबाट आन्दोलन पनि तिनै विषयमा केन्द्रित भएर भएको हो । तर आन्दोलनमा गलत तत्त्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट भएको छ ।”
घुसपैठ गर्नेलाई सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आमनागरिकको मनोबल खस्किँदै जाने भन्दै उनले सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण