नेकपा माओवादी केन्द्र भोजपुर–काठमाडौँ सम्पर्क समिति प्रगतिशील राष्ट्रिय अभियानमा समाहित
बुधबार, ०३ मङ्सिर २०८२, १४ : ४३
काठमाडौँ । नेकपा माओवादी केन्द्र भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समिति बुधबार प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको छ ।
भ्रष्टाचार, विभेद र असमानताको रूपमा रहेको नेपाली समाजको प्रमुख शत्रुमाथि विजय हासिल गर्न र नयाँ परिस्थितिमा नयाँ नेतृत्वको विकास गर्नका लागि भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समिति प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको अभियानका नेता सुदन किराँतीले जानकारी दिए ।
केही दिन अघि नेकपा माओवादी केन्द्रसहित कम्युनिष्ट दलहरूबिच एकता गरिएको थियो सोको विरोध गर्दै तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए ।
भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समितिले समेत एकताप्रति असहमति जनाउँदै प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण