दमकमा लुटिएका हतियार पाँचथरमा फेला, एक जना पक्राउ
विराटनगर । झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा गत भदौ २४ गतेको प्रदर्शनका क्रममा लुटिएका दुई थान हतियार र गोलीगठ्ठा पाँचथरमा फेला परेका छन् ।
प्रहरीले उक्त घटनामा संलग्न एक जनालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र प्रहरीको हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले विशेष सूचनाका आधारमा मंसिर २ गते दिउँसो करिब १ः३० बजे दमक नगरपालिका–०६ बाट एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–०३ बस्ने २२ वर्षीय सुशील फियाक (लिम्बू) रहेका छन् ।
प्रारम्भिक सोधपुछका क्रममा फियाकले हतियारहरू पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–०३ आरुबोटे लामागाउँस्थित एउटा ओडारमा लुकाई छिपाई राखेको बताएका थिए । त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त ओडारबाट हातहतियार तथा गोलीगठ्ठाहरू बरामद गरेको हो ।
प्रहरीले म्याग्जिनसहित थ्री नट थ्री राइफल १ थान र म्याग्जिन नभएको, बट र ह्यान्ड ग्रिप जलेको अवस्थामा रहेको इन्सास राइफल १ थान नियन्त्रणमा लिएको छ । यस्तै, इन्सासको जंगी राउण्ड १ थान र एसएलआरको जंगी राउण्ड १ थान पनि बरामद गरिएको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुशील फियाक ९लिम्बु० लाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण