सिमरा अपडेट : जेनजी र प्रशासनबिच पथलैयामा वार्ता
शुक्रबार, ०५ मङ्सिर २०८२, १५ : ४३
सारांश
- बाराको सिमरामा जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई सहज बनाउन वार्ता सुरु भएको छ।
- जिल्ला सुरक्षा समितिले स्थानीय सरोकारवालालाई वार्ताका लागि बोलाएको छ, जसमा जेनजी प्रतिनिधि र सरकारी अधिकारीहरू सहभागी छन्।
- बैठकमा बुधबारको तनाव र त्यसपछिको अवस्थाबारे छलफल गरी सहमति खोज्ने प्रयास हुनेछ।
काठमाडौं । बाराको सिमरामा जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई सहज बनाउने प्रयासस्वरुप वार्ता सुरु भएको छ ।
जिल्ला सुरक्षा समिति मार्फत स्थानीय प्रशासनले सरोकारवालालाई पथलैया बोलाएर वार्ता सुरु गरेको सहभागी एक जेनजी प्रतिनिधिले जानकारी दिए ।
उक्त बैठकमा जेनजीहरुको तर्फबाट सम्राट उपाध्याय, कपिल खरेल र कुर्णाल गिरी लगायतको उपस्थिति रहेको छ । यसैगरी सरकारी तहबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलगायत वार्तामा सहभागी छन् ।
बैठकमा बुधबारदेखि तनाव र त्यसपछिको अवस्थाबारे छलफल गरी सहमतिमा पुग्ने प्रयास हुने बताइएको छ । बुधबार एमाले नेता महेश बस्नेतलगायत बारा जाने भएपछि जेनजीले उनको विरोधमा प्रदर्शन गर्दा स्थिति असहज बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण