भोजपुरमा ८७ मतदानस्थल र १५५ केन्द्र सिफारिस
सारांश
- भोजपुरमा आगामी निर्वाचनका लागि ८७ मतदानस्थल र १५५ मतदान केन्द्र सिफारिस गरिएको छ।
- जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलनको काम सकिएको जनाएको छ।
- निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीका अनुसार मंसिर २० देखि ३० गतेसम्म नामावली सच्याइनेछ।
भोजपुर । आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । निर्वाचन कार्यालयले आज मतदानस्थल र केन्द्रका बारेमा आवश्यक निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारीसमेत रहेका जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनका लागि पुरानै ८७ मतदानस्थल र १५५ मतदान केन्द्र सिफारिस गर्ने निर्णय गरेको छ ।
मतदानस्थल र केन्द्रमा कुनै समस्या नभएको भन्दै पछि विषेश अवस्था देखिएमा पुनःबैठक बसेर समाधान गरिने शिवलाल तिवारीले बताए । उनले निर्वाचनका लागि आज गरिएको निर्णयअनुसार निर्वाचन आयोगलाई सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए ।
मतदाता नामावली सङ्कलन गर्ने काम आजदेखि सकिएको बताउँदै आगामी मङ्सिर २० गतेदेखि ३० गतेसम्म नामावलीमा त्रुटी सच्याउने र दाबी विरोधको समय राखिएको डिकेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालय अहिले चुनावको तयारीमा लागिपरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको सिफारिस समितिको बैठकमा जिल्लास्थित राजनीति दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो । भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि एउटा र प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण