बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शनिबार, ०६ मङ्सिर २०८२, २० : ५५
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • नवलपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भयो।
  • घाइते लोकबहादुर थारूको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।
  • प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गर्यो।

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु–७ चोरमाराको उकालोमा नारायणघाटबाट भैरहवातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१६४ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको ना३४प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१५ का ३६ वर्षीय लोकबहादुर थारूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका थारूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिर त्यही उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए।

दुर्घटनापछि ट्रकका चालक बाराको सिमरा उपमहानगरपालिका–१५ का २४ वर्षीय लक्ष्मीप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको नेपालले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप