कारले ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान घाइते
आइतबार, ०७ मङ्सिर २०८२, १७ : ००
सारांश
- धनुषाको मिथिला नगरपालिकामा कारले ठक्कर दिँदा एक महिलाको मृत्यु भयो ।
- दुर्घटनामा मृतकका श्रीमान घाइते भए, प्रहरीले जानकारी दियो ।
- प्रहरीले कार र चालकलाई नियन्त्रणमा लियो ।
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२ हजराचौक जनकपुर ढल्केवर सडक खण्डमा आज कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएकाे छ ।
बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले दुर्घटनामा सुमिन्त्रादेवीकाे मृत्यु भएकाे जानकारी दिए ।
दुर्घटनामा महतोका श्रीमान ५० वर्षे राजकुमार घाइते भएका छन् । ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिएर ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण