एल्चेसँग बराबरी रोकियाे रियल म्याड्रिड
सोमबार, ०८ मङ्सिर २०८२, ०३ : ४८
सारांश
- सोमबार भएको खेलमा एल्चेले रियल म्याड्रिडलाई २-२ गोलको बराबरीमा रोक्यो।
- एल्चेका लागि फेबास र रोड्रिगेजले गोल गरे भने रियलका लागि हुइजसेन र बेलिङ्घमले गोल फर्काए।
- खेलको अन्तिम समयमा एल्चेका चुस्टले रातो कार्ड पाए।
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत नेपाली समय अनुसार आज (सोमबार) सम्पन्न भएको खेलमा एल्चेले रियल म्याड्रिडलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको छ।
एल्चेले रियललाई कडा चुनौती दिँदै बरबरीमा रोकेको हो । एल्चेका लागि एलेक्स फेबासले ५३ औँ मिनेटमा र अल्भारो रोड्रिगेजले ८४ औँ मिनेटमा गोल गरेका थिए ।
रियल म्याड्रिडका डिन हुइजसेनले ७८ औँ मिनेटमा पहिलो गोल फर्काए भने स्टार खेलाडी जुड बेलिङ्घमले ८७ औँ मिनेटमा समयमै गोल गर्दै टोलीलाई हारबाट बचाएका थिए।
खेलको अन्तिम अतिरिक्त समयमा एल्चेका भिक्टर चुस्टले रातो कार्ड पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण