निर्वाचन आयोगमा एमालेसहित ६८ दल दर्ता
मङ्गलबार, ०९ मङ्सिर २०८२, १५ : ०४
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६६ दल दर्ता भएका छन्।
- मंगलबार नेकपा एमाले सहित विभिन्न दल दर्ता भएका छन्।
- निर्वाचन आयोगले निष्पक्ष निर्वाचनको लागि ४ अर्ब ९६ करोड बजेट सुनिश्चित गरेको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६८ दल दर्ता भएका छन् । मंगलबार मात्रै नेकपा एमालेले समेत दल दर्ता गराएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएकामध्ये ६८ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए । मंसिर १० गते सम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता जारी रहने उनले बताए ।
निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गर्ने प्रयत्न गरिरहेको भन्दै प्रवक्ता भट्टराईले दलहरुको अधिकतम सहभागीताले निष्पक्ष निर्वाचनलाई थप सुनिश्चित गर्ने वातावरण निर्माण हुने उल्लेख गरे ।
उनले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयको तर्फबाट ४ अर्व ९६ करोड रुपैया बजेटको स्रोत सुनिश्चिता भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण