रोहित शर्मा बने आईसीसी टी-ट्वान्टी विश्वकप २०२६ को ब्रान्ड एम्बेसडर
मङ्गलबार, ०९ मङ्सिर २०८२, २२ : २७
सारांश
- भारतीय क्रिकेट टोलीका पूर्व कप्तान रोहित शर्मा टी-ट्वान्टी विश्वकप २०२६ को ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन्।
- रोहित शर्माले भारतमा विश्वकप आयोजना हुनु विशेष भएको र नयाँ भूमिकामा जोडिन पाउँदा खुशी लागेको बताए।
- विश्वकप २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारतमा आयोजना हुनेछ।
काठमाडौँ। भारतीय क्रिकेट टोलीका पूर्व कप्तान रोहित शर्मा आगामी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप २०२६ का ब्रान्ड एम्बेसेडर घोषित भएका छन्। भारतको मुम्बईमा सम्पन्न विशेष समारोहमा आईसीसीले शर्मालाई ब्रान्ड एम्बेसेडर घोषणा गरेको हो।
एम्बेसेडर बनेपछि रोहितले भारतमा फेरि विश्वकप आयोजन हुनु आफ्नो लागि विशेष भएको बताए। उनले भने, ‘टूर्नामेन्ट भारतमा हुनु शानदार छ। यस पटक नयाँ भूमिकामा यो इभेन्टसँग जोडिन पाउनु मेरो लागि खास कुरा हो।’
रोहितले विश्वकपमा सहभागी हुने सबै खेलाडीलाई शुभकामना दिँदै भारतको आतिथ्य र अनुभव बोकेर घर फर्किने आशा व्यक्त गरे।
प्रतियोगिता २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारतमा आयोजना हुने तय छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण