जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टाभित्र कानुनी दायरमा ल्याउन माग
काठमाडौँ । बाराको सिमरामा केही दिन अघि एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरुमाथि गरिएको साङ्घातिक हमला र आज धनगढीमा युवामाथि दोहोरिएको नियोजित आक्रमणप्रति जेनजीहरुले ध्यानाकर्षण भएको बताएका छन् ।
बुधबार चार वटा जेनजी समूहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको मागलाई सुन्नै नचाहने र उल्टै जेनजीहरुमाथि केपी ओली र महेश बस्नेतले सुरु गरेको साङ्घातिक हमलाको भर्त्सना गरेका हुन् ।
उनीहरुले विज्ञप्तिमा भनेका छन्,'हामीलाई थाहा छ यो जेनजी माथिको केवल आक्रमण होइन, जेनजीहरु विरुद्धको खुला युद्ध र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको सुनियोजित ध्वंस हो । देशभर युवाहरू उठेर सुशासन, न्याय र पारदर्शिताको आवाज उठाइरहेका छन् तर केपी ओलीले गुण्डुमा बसेर सञ्चालन गरेको गुण्डाराजले देशलाई हिंसातर्फ धकेलिरहेको छ।'
सुशीला कार्की नेतृत्वको सरकारको मौनता केवल कमजोरी नभई एमालेले जेनजीहरु विरुद्ध गरेको गुण्डागर्दीको प्रत्यक्ष सहमति भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
'हामी स्पष्ट पार्न चाहन्छौ, जेनजीहरु माथिको दमन, आतङ्क र हिंसा बन्द नहुने हो भने, यसको जिम्मा पूर्ण रूपमा सरकार र एमाले नेतृत्वले नै वहन गर्नुपर्नेछ। जेनजी युवामाथि चोट पुर्याउने हात सरकारले कानुनको कठघरामा उभ्याउँदैन भने हामी जेनजीहरु चुपचाप बस्नेछैनौँ,'विज्ञप्तिमा अगाडि भनिएको छ ।
जेनजीहरुले तुरुन्तै महेश बस्नेतलाई पक्राउ गरी २४ घण्टाभित्र कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन् ।
_nF1kFZk5ZI.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण