एमबाप्पे चम्किदा ओलिम्पियाकोसविरुद्ध रियल म्याड्रिडको जित
बिहीबार, ११ मङ्सिर २०८२, ०३ : ४८
सारांश
- रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगमा ओलिम्पियाकोसलाई ४-३ गोलले पराजित गर्यो।
- ओलिम्पियाकोसका चिक्विन्हो र मेहदी तारेमीले सुरुमा गोल गरे, तर रियलले पुनरागमन गर्यो।
- किलियन एमबाप्पेले चार गोल गर्दै रियल म्याड्रिडको जित सुनिश्चित गरे।
काठमाडौँ । बिहीबार सम्पन्न यूईएफए च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा रियल म्याड्रिडले ओलिम्पियाकोसलाई ४–३ गोलले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।
खेलको सुरुवातमै ओलिम्पियाकोसले आक्रामक प्रदर्शन गरेको थियो। चिक्विन्होले ८ औँ मिनेटमै गोल गरेपछि घरेलु टोलीले उत्कृष्ट सुरुवात गर्यो। दोस्रो हाफमा मेहदी तारेमीले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। ८१औँ मिनेटमा अयूब एल काबीले गोल गरे ।
रियल म्याड्रिडका किलियन एमबाप्पे आज पूर्ण रूपमा चम्किए। उनले चार शानदार गोल गर्दै खेललाई पूर्ण रूपमा रियलको पक्षमा मोडे।
एमबाप्पेको उत्कृष्ट प्रदर्शनकै बलमा रियल म्याड्रिडले जित दर्ता गर्न सफल भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण