घनश्याम भुसाल नेतृत्वको समूह र नेकपा (संयुक्त)बिच एकता
सारांश
- घनश्याम भुसालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको छ।
- पार्टी एकता घोषणा काठमाडौंमा पत्रकार सम्मेलनमार्फत गरियो, जसमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राखिनेछ।
- एकताले राष्ट्रिय महाधिवेशन एक महिनाभित्र गर्ने र चुनाव चिन्ह हँसिया राख्ने सहमति गरेको छ।
काठमाडौँ । घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त)बिच एकता भएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकताको घोषणा गरिएको हो । नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर एकताको सहमतिपत्रमा हस्ताक्षर गरे । जसमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ साथै दुई पार्टीबिच महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र चुनाव चिन्ह हँसिया रहने उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजावादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले दलहरुको असफलताका कारण जनेजी आन्दोलन भएको र सो आन्दोलनमा देशभित्र र बाहिरका अपराधीक मानसिकता भएकाको घुसैपठले हिंसात्मक बनाएको बताए ।
त्यस्तै नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नयाँ युवाहरुलाई पार्टीको नेतृत्व सुम्पिनका लागि आफु तयार भएकाले सन्तुष्टीपूर्वक नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानसंग एकताको निर्णय गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण