जेनजी प्रदर्शनसँग सम्बन्धित ५९५ जना पक्राउ
सारांश
- जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५९५ जनालाई पक्राउ गरेको छ।
- गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूसँग संवाद भइरहेको बताए।
- मन्त्री अर्यालका अनुसार ७२३ थान हतियार फिर्ता आएको छ, र सरकारले स्थितिलाई सामान्य बनाएको छ।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५ सय ९५ जनालाई पक्राउ गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालसम्म ५९५ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिएका हुन् । बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले भने– ‘अपराधमा संलग्नहरूलाई पक्राउ गरेर कानुनको दायरामा ल्याएका छौँ ।’
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले राजनीतिक दल सहित सबैलाई विश्वासमा लिएर चुनाव सम्पन्न गर्नेतर्फ सरकार अघि बढेको बताएका छन् ।
मन्त्री अर्यालले भने, ‘अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा र द्वन्द्व अवस्थालाई रोक्न सफल भएको छ। ।’ मन्त्री अर्यालले औपचारिक र अनौपचारिक रूपमा अहिलेको सरकारले राजनीतिक दलहरूसँग संवाद गरिरहेको बताए ।
धेरै भन्दा धेरै लुटिएका हात हतियारहरू प्रहरी प्रशासनले जफत गरिसकेको उल्लेख गर्दै मन्त्री अर्यालले भने– ‘फरार कैदी बन्दी र लुटिएका हतियारले गर्दा नै चुनाव प्रति विभिन्न शङ्का उपशङ्का राख्नु पर्ने स्थिति छैन ।’
मन्त्री अर्यालका अनुसार हालसम्म ७ सय २३ थान हतियार फिर्ता आएको छ । समिति सदस्यहरू नरबहादुर विष्ट, मदनकुमारी शाह, मदनबहादुर परिवार, कृष्णप्रसाद अधिकारी, रुक्मिणी कोइराला, युवराज शर्मा, सुमित्रा बिसी र रेणु चन्द लगायतले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा आफ्ना धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण