अर्थतन्त्रमा एनपीएलको योगदान कस्तो ? (भिडियो)
काठमाडौं । अहिले कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजन चलिरहेको छ । देशका सातवटा प्रदेश र राजधानी काठमाडौंलाई प्रतिनिधित्व गर्ने गरी आठ फ्रेन्चाइज टिमले एनपीएलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
यो पटक एनपीएल क्रिकेट प्रतियोगिता मात्रै भएर आएको छैन । जसरी पुराना दलको सत्ता सञ्चालन प्रवृत्तिको आम फ्रस्टेसन जेनजी आन्दोलन मार्फत पोखियो, त्यसपछिको अनिश्चिततामा एनपीएलले खुसीको सञ्चार गरायो भन्न सकिन्छ । एक हिसाबले लामो फ्रस्टेसनपछि नेपाली युवापुस्तामा एनपीएल खुसी बनेर आएको छ ।
यति मात्र होइन, शिथिल बनेको अर्थतन्त्रलाई थोरै भएपनि चलायमान बनाउन एनपीएलले भूमिका खेलेको छ । विदेशी खेलाडीको आगमन, देशका विभिन्न भागबाट क्रिकेट हेर्नका लागि काठमाडौं भित्रिने दर्शकका कारण होटल, यातायातदेखि जर्सीसम्मका व्यापारलाई राहत मिलेको छ । खेलकै कारण पर्यटन उद्योगमा ठुलो फाइदा पुर्याउँछ । त्यसैले भन्न सकिन्छ खेलकुद अब मनोरञ्जन, तन्दुरुस्ती र देशको गौरवको मात्रै विषय रहेन, यो अर्थतन्त्रको इन्जिन पनि बन्न थालेको छ ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण