बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रक र स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुईको मृत्यु

शनिबार, १३ मङ्सिर २०८२, २० : ३४
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • इलाममा ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भयो।
  • दुर्घटनामा २६ वर्षीय डेबिट थापा मगर र १९ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको हो।
  • प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

इलाम ।  मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

आज दिउँसो झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा इलाम नगरपालिका—९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापा मगर र माईजोगमाई गाउँपालिका नयाँबजार घर भई हाल इलाम—७ चोकबजारमा बस्ने १९ वर्षीय छेवाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनालगत्तै उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्। ट्रक चालक इलाम—५ बिब्ल्याटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप