एमाले रामेछापले छान्यो महाधिवेशन प्रतिनिधि (सूचीसहित)
आइतबार, १४ मङ्सिर २०८२, १३ : १७
सारांश
- रामेछापमा नेकपा एमालेले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ।
- एमाले रामेछापले १२ जना नेतालाई महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित गरेको हो।
- निर्वाचित हुनेमा खुल्ला, महिला, युवा र उत्पीडित समूहका नेताहरू रहेका छन्।
रामेछाप । नेकपा एमाले रामेछापले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ । साे पार्टीले आइतबार १२ जना नेतालाई महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित गरेको हो ।
रामेछापबाट ६ जना खुल्ला, महिलातर्फबाट ४ जना, युवाबाट १ र उत्पीडित तर्फबाट १ जना निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा खुल्लातर्फबाट आनन्दकुमार श्रेष्ठ, इन्द्रबहादुर तामाङ, टङ्कप्रसाद चौंलागाईं, पुरुषोत्तम कडरिया, शान्तिप्रसाद पौडेल, ज्ञानकुमार योञ्जन रहेका छन् ।
महिलातर्फबाट गंगादेवी कार्की, मखमली श्रेष्ठ, शान्ता न्यौपाने सुवेदी र सीताकुमारी खत्री, युवातर्फबाट बलबहादुर माझी र उत्पीडिततर्फबाट सिताराम लोहार महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण