शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कर्णाली भर्सेस काठमान्डु, कसको पक्षमा आउला नतिजा ?
LIVE UPDATES

LIVE UPDATES : कर्णाली भर्सेस काठमान्डु, कसको पक्षमा आउला नतिजा ?

आइतबार, १४ मङ्सिर २०८२, १५ : ३७
Live

काठमाडौँ । एनपीएल अन्तर्गत आइतबार कर्णाली याक्स र काठमान्डु गुर्खाजबीच प्रतिस्पर्धा रहेको छ । खेलको अपडेटमा स्वागत छ । 

 

कर्णालीविरुद्ध काठमान्डु पाँच विकेटले विजयी

काठमाडौँ । कर्णाली याक्समाथि काठमान्डु गुर्खाजले सिद्धार्थ प्रिमियर लिग (एनपीएल) मा चौथो जित निकालेको छ । 

आइतबार कीर्तिपुरस्थित मैदानमा आफ्नो छैटौँ खेलमा काठमान्डुले कर्णालीलाई ५ विकेटले हराएको हो । पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याएको काठमान्डुले ५ विकेटको क्षतिमा १२ बल बाँकी छँदै १५५ रन बनायो । 

काठमान्डुलाई जिताउन गेरार्ड इरामसले ३३ बलमा ४३ रनको पारी खेले । जोन सिम्सनले २१ बलमा विस्फोटक ब्याटिङ गरे । त्यस्तै ब्रेन चार्ल्सवर्थले पनि २१ बलमा ३४ रनको योगदान दिए । यसअघि ब्याटिङ गरेको कर्णालीले गुल्सन झाको ४९ रनको मद्दतमा १४९ रनको योगफल तयार पारेको थियो । त्यस्तै पवन सर्राफले २९ रनमा ३५ रन बनाएका थिए भने मार्क वाट्ले २७ बलमा ३० रन जोडेका थिए । 

काठमान्डुले गुमायो तेस्रो विकेट, मिलिन्द रन आउट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजको तेस्रो विकेट पतन भएको छ ।

तेस्रो विकेटको रूपमा काठमान्डुका अलराउन्डर मिलिन्द कुमार १५ रन बनाउँदै रन आउट भएका हुन् ।

स्पिनिर विपिन प्रसाद शर्माको बलिङ गरेपछि फिल्डरकै हातमा बल हुँदा पनि मिलिन्द रन लिन कुदेका थिए । अर्का ब्याटर जेराल्ड एरास्मस पनि सोहीतर्फ फकिँदा सजिलै रन आउट भएका हुन् ।

नन्दन यादवले दिलाए कर्णालीलाई पहिलो सफलता

काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमान्डु गुर्खाजको पहिलो विकेट झारेको छ । टस हारेर जवाफी ब्याटिङमा काठमान्डुका आकाश त्रिपाठी ८ रनमा आउट भएका हुन् । 

उनलाई कर्णालीका नन्दन यादवले गुल्सन झा मार्फत क्याच आउट गरेका हुन् । १५० रनको लक्ष्य पाएको काठमान्डुले ४.४ ओभरमा ४२ रन बनाउँदा एक विकेट गुमाएको छ । काठमान्डुका बेन चार्ल्सवर्थले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३१ रन बनाइसकेका छन् ।

काठमान्डुलाई कर्णालीले दियाे १५० रनको लक्ष्य, गुल्सन चुके अर्धशतकमा

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । ७ विकेटको क्षतिमा कर्णालीले १४९ रन बनाएको हो । 

रासिदको बलमा डुम्रे आउट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको ७ विकेट झरेको छ । काठमान्डु गुर्खाजविरुद्ध टस जितेर ब्याटिङ रोजेको कर्णालीले १८ ओभरमा १४३ रन बनाउँदा ७ विकेट गुमेको हो । 

सोमपाल आउट, कर्णाली सङ्कटमा

काठमाडौँ । मिडल अर्डरका ब्याट्सम्यान लगातार आउट हुँदा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स सङ्कटमा परेको छ । काठमान्डु गुर्खाजविरुद्ध टस जितेर ब्याटिङ रोजेको कर्णालीले १४.२ ओभरमा ८८ रन बनाउँदा ६ विकेट गुमाएको हो । 

छैटौँ विकेटको रूपमा कर्णाली कप्तान सोमपाल कामी ६ रन बनाउँदै आउट भएका हुन् । उनलाई काठमान्डुका मिलिन्द कुमारले आफैँले बलिङ गरेर क्याच आउट गराएका हुन् ।  योसँगै कर्णालीका प्रमुख ब्याट्सम्यानहरु पभेलियन फर्केका छन् ।

 

जिबुल्लाह जाद्रान पनि आउट, काठमान्डुलाई पाचौँ सफलता

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको ५ विकेट गुमेको छ । काठमान्डु गुर्खाजका रासिद खानले कर्णालीका जिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।

उनले १४ बल खेल्दै १२ रन मात्रै बनाए ।  टस जितेर ब्याटिङ रोजेको कर्णालीले पहिलो ओभर मै २ विकेट गुमाएको थियो ।  

सन्तोष यादवले लिए पवन सर्राफको विकेट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट सम्हालिएर ब्याटिङ गरिरहेका पवन सर्राफकको विकेट गुमेको छ । काठमान्डु गुर्खाजका सन्तोष यादवले आफ्‌नो पहिलो बलमै सर्राफलाई ३५ रनमा एलबी डब्लु धरापमा पारेका हुन् ।

पवनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे । यो सँगै टस जितेर ब्याटिङ रोजेको कर्णालीको ४ विकेट पतन भएको छ । कर्णालीले १२ ओभरमा ८० रन बनाएको छ ।  ब्याटिङमा कर्णालीका कप्तान सोमपाल कामी र नजिबुल्लाह जाद्रान रहेका छन् ।

काठमाडौँलाई तेस्रो सफलता, वाट रन आउट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको ३ विकेट गुमेको छ ।

काठमान्डु गुर्खाज विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले पहिलो ओभरमै दुई विकेट गुमाए पनि पवन सर्राफ र मार्क वाटले सम्हालेका थिए । तर वाट ३० रनमा रन आउट हुन पुगेका हुन् ।

 उनले २७ बल खेल्दा एक चौक र २ छक्का प्रहार गरे । कर्णालीले ९ ओभर सकिँदा ३ विकेटको क्षतिमा ६१ रन बनाएको छ ।

कर्णालीले पहिलो ओभरमै गुमायो दुई विकेट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्सका दुई प्रमुख ब्याट्सम्यान पहिलो ओभरमै आउट भएका छन् । 

काठमान्डु  गुर्खाजका कप्तान  करण केसीले गरेको बलिङमा ओपनर प्रियाङ्क पञ्चाल रोयल डक भए भने त्यसपछि आएका विलियम बोसिस्टो  रन आउट भएका छन् ।

 शाहब आलमले  डाइरेक्ट हिट गर्दा उनी रन आउट भएका हुन् । कर्णालीले टस जितेर पहिले ब्याटिङ थालेको हो ।

कर्णाली याक्सका ओपनर प्रियाङ्क पान्चाल पहिलो बलमै आउट

काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सका ओपनर प्रियाङ्क पान्चाल पहिलो बलमै आउट भएका छन् । 

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा  काठमान्डु गुर्खाज विरुद्ध कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।  

सोमपाल कामीको कप्तानीमा चारवटा खेल खेलिसकेको कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । 

करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेल खेल्दा २ खेलमा विजयी भएर ४ अंकसहित तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया