जेनजी आन्दोलन र फेरिएको परिवेशबारे पाँच सन्दर्भ
सारांश
- गत भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलन देशको इतिहासमा अविस्मरणीय रह्यो, जुन भ्रष्टाचार र कुशासन विरुद्ध युवा पुस्ताको आक्रोश थियो।
- आन्दोलनको क्रममा प्रहरी दमन र राज्य संरचनामा आक्रमण भएपछि, सेनाले स्थिति नियन्त्रणमा लियो तर राजनीतिक संवाद भएन, जसले लोकतन्त्रका लागि राम्रो संकेत दिएन।
- आन्दोलनको उपलब्धि तत्कालिन सरकार परिवर्तन र निर्वाचन घोषणामा सीमित रह्यो, तर संविधान संशोधन र आगामी निर्वाचनबारे अन्योल कायमै छ, जसको समाधानका लागि सर्वपक्षीय सम्मेलन आवश्यक छ।
गत भाद्र २३ र २४ गते नेपालमा अभुतपूर्व आन्दोलनको लहर देखा पर्यो । आम प्रचलनको भाषामा ’जेनजी’ आन्दोलन भनेर चिनिन थालेको दुई दिने प्रदर्शन अब नेपालको इतिहासमा अविस्मरणीय घटनाको रुपमा रहने छ । बिसं. ००७, ०४७ तथा ०६३/०६४ मा भएको आन्दोलनपछि देशभर चलेको सशक्त आन्दोलन यहि यो । विभिन्न समयमा युवाहरुले देशमा व्याप्त भ्रस्टाचार तथा कुशाशन विरुद्ध सामाजिक सञ्जाल मापÞर्mत आक्रोश , कुण्ठा व्यक्त गरिरहेका थिए ।
तथापी सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले भुसको आगो जस्तो भित्र भित्रै बढ्दो आक्रोशमा पेट्रोल खन्याउने काम गर्यो । त्यसैको विस्फोट अन्ततः जेनजी आन्दोलनका रुपमा प्रकट भयो । आन्दोलनको स्वरुप, कारण तथा प्रभावबारे विभिन्न आयाममा छलफल चलिरहेका छन् । प्रस्तुत आलेखमा यहि आन्दोलनको मर्मलाई बुँदागत रुपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
एक, पहिलो दिनको आन्दोलन मुलतः भ्रस्टाचार, कुशासन तथा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध जेनजी युवाहरुको आक्रोशको उपज थियो । यस आन्दोलनलाई नेपाली समाजको ठुलो तप्काले समर्थन गरेको थियो । आन्दोलनलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्न चाहने देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरु पहिलो दिनदेखि नै सक्रिय हुन थाले । विद्यालयको पोशाकमै प्रदर्शनमा सहभागी हुन पुगेका युवाहरुलाई प्रहरीको घेरा तोडेर संसद भवन छिर्न उकास्ने समूहले दोस्रो दिनको विध्वंसको कार्यक्रम बनाएको अनुमान लगाउन सकिन्छ ।
दुई, १९ जनाको घटनास्थलमै मृत्यु तथा सयौं घाइते हुने गरी २३ गतेको प्रदर्शनमा भएको प्रहरी दमनले आक्रोश निम्त्याएको अवस्थामा प्रहरी चौकी एवम केहि नेताहरुको घरमा आक्रमण हुनु स्वाभाविक मान्न पनि सकिन्छ । तर नियोजित रुपमा राज्यको मुर्त स्वरुप मानिने न्यायपालिका , कार्यपालिका तथा व्यवस्थापिकामाथि आक्रमण गर्नुका साथै नेताहरुका घर, व्यापारिक एवम नीजि सम्पतिमा आगजनी र तोडफोड गर्न उद्यत हुनुका पछाडी कतै न कतै वर्तमान संविधान र राष्ट्रलाई असफल पार्ने कुत्सित उद्देश्य देखिन्छ । पहिलो दिन अनावश्यक बल प्रयोगमा उत्रिएको प्रहरी दोस्रो दिनसम्म पुग्दा निरिह र अकर्मण्य बन्न पुग्यो । सुरक्षाको अन्तिम शक्तिका रुपमा रहेको नेपाली सेना पनि मुकदर्शक बन्दै विध्वंश भईसके पछि कमाण्ड लिन आइपुग्यो ।
तीन, सेनाले स्थिति सम्हालेको घोषणा गरे पश्चात पनि आन्दोलनरत पक्ष र राजनैतिक दलहरु एवंम सरकारबिचमा राजनैतिक संवादको पहल भएन । सेना आफै वार्ता र छलफलमा अगाडी स¥यो । यस्तो हुनु पक्कै पनि देशको लोकतन्त्रका लागि राम्रो संकेत थिएन । प्रकारन्तरले संसद विघटनको औचित्य पनि स्थापित भएको देखिएन ।
चार, भू–राजनैतिक परिस्थितिको मुल्यांकन गरेर हेर्दा विश्व राजनीतिको फरक झलक देखा पर्छ । अमेरिका उदाउँदो चीनको वृद्धि रोक्न तथा चीनलाई रणनैतिक रुपले घेर्न खोज्दैछ । नेपालको अर्को छिमेकी भारत नेपालमा हिन्दु राष्ट्र स्थापना गर्न चाहन्छ भन्ने विषय कसैबाट लुकेको छैन । साथै उसले नेपालमा हुने चीनका गतिविधिमा नियन्त्रण गर्न खोज्छ । त्यसका लागि चीनमैत्रि हुन सक्ने बलियो वामपन्थी सरकार चाहदैन ।
भुराजनीतिक रुपमा संवेदनशील तथा चीनिया सुरक्षाका हिसाबले ज्यादै गम्भीर मानिने तिब्बतको मुद्दामा धेरै मुलुकले जायज÷नाजायज चासो राख्ने हुँदा, नेपाल भू–राजनैतिक तानातानमा पर्न जाने हो कि भन्ने डर देखिन्छ । भुराजनीतिक रुपमा असाध्यै संवेदनशील अवस्थामा रहेको मुलुकमा हुने अस्थिरताले धेरै पक्षमा प्रभाव पार्छ । जसको नतिजा हामी तत्कालै थाहा नपाउन पनि सक्छौँ ।
पाँच, जेनजी आन्दोलनमा विभिन्न समुहहरुको सम्लग्नता थियो । विविध पृष्ठभुमिबाट आएका कारण उनीहरुको प्रस्तुति तथा बुझाईमा पृथकता देखिनु स्वाभाविकै हो । तर स्पष्ट वैचारिक दृष्टिकोण तथा एकिकृत नेतृत्वको अभावका कारण आन्दोलनको उपलब्धि भने समाजले र आन्दोलनकारीहरुले चाहे अनुरुप हुनेमा शंका पैदा भएको छ । खासमा युवा पुस्ता भनेको उमेर समुह मात्रै होइन । एकप्रकारले विचार समुह पनि हो । वैचारिक रुपले प्रष्ट न भएको तन्नेरीको तुलनामा वैचारिक रुपले प्रष्ट भएको पाको व्यक्ति बढी युवा हुन्छ ।
स्वभाविक रुपमै युवामा जोश, जाँगर, उर्जा र नयाँ प्रविधिको ज्ञान हुन्छ । युवाहरु नविन चेतनाका वाहक पनि हुने गर्छन । यीनै कारण युवाहरु नेतृत्वमा आउनु पर्छ भन्ने मान्यता राखिएको हो । तर अहिले समाजमा एकप्रकारको गलत भाष्य निर्माण गरिएको छ । जस अनुसार पुरानाहरू सबै राजनैतिक दलहरु, पाका नेता तथा कर्मचारी सबै खराब हुन भनिएको छ । नयाँ सबै ठिक र पुराना सबै वेठिक भन्ने भाष्य नै गलत छ ।
यस्तो भ्रामक भाष्यका कारण विभिन्न राजनैतिक दलमा आवद्द इमान्दार कार्यकर्ता, नेता, बौद्दिक व्यक्ति तथा उनीहरु सबैको योगदान, संघर्ष र त्यागको अवमुल्यन हुने जोखिम पैदा भएको छ । समाज यसरी निषेधबाट अगाडि बढ्न सक्दैन । युवाहरुको जोश, जाँगर, उर्जासँग पाकाहरुको अनुभवको संयोजनबाट मात्रै समाजले अगाडिको यात्रा तय गर्ने हो । देश पनि त्यसरी नै अगाडी बढ्ने हो ।
आन्दोलन सकिएको तीन महिनापछि फर्केर हेर्दा, समग्रमा जेनजी आन्दोलनको उपलब्धि तत्कालिन केपी ओलीको सरकार विस्थापित गर्दै सुशिला कार्कीको नेतृत्वमा सरकार गठन हुनु तथा सरकारले ६ महिना भित्र प्रतिनिधिसभाको निर्वाचन गराउने घोषणा गर्नुमै सीमित भएको देखिन्छ । अब विविध प्रश्नहरु शुरु उठ्न भईसकेका छन । निर्वाचन घोषित मितिमै सम्पन्न भएको अवस्थामा पनि जेन–जी पुस्ताले चाहेको भनिएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाबारे पुनरावलोकन वा अन्य सुधारका काम गर्न मिल्ने ढंगले प्रतिनिधि सभामा दुइ तिहाई बहुमत साथ संबिधान संसोधन गर्न आवश्यक संख्या पुग्न सक्छ त ?
निर्वाचनले पनि नयाँ ढगको जनमत दिन सकेन भने के हुन्छ ? वा कथंकदाचित समयमा निर्वाचन नसक्दा त्यसले राजनैतिक शुन्यता वा रिक्तता उत्पन्न गर्न सक्छ । त्यस्तो परिस्थितिमा प्रतिगमनकारी शक्तिहरुले चलखेल गर्ने सम्भावना भरपुर हुन्छ । त्यसवेला देशको राजनीतिलाई सहि दिशामा फर्काउने बाटो के हो ? आजको दिनमा संबिधान नै अप्ठेरो अवस्थामा छ, त्यसलाई ट्रयाकमा कसरी ल्याउने ? यी प्रश्नहरुको जवाफ अझै मुर्त हुन सकेको छैन । जवाफ दिनका लागि कुनै जिम्मेवार पक्ष पनि राजनीतिक मञ्चमा देखिन्न ।
त्यसैले अहिलेको अन्योलको घडिमा निकासका लागि आन्दोलनरत जेनजी, राजनैतिक दल, नागरिक समाज, संविधानविद तथा वौद्दिक वर्ग सम्मिलित सर्वपक्षीय सम्मेलन आवश्यक देखिन्छ । निर्वाचनको अन्योलता तथा निर्वाचन पश्चातको अंकगणितमा आन्दोलनका एजेण्डा संवोधन हुनेमा रहेको अनिश्चितता हल गर्नका लागि मागहरु सम्बोधन हुने गरी संविधान संसोधन गर्नका लागि आवश्यक मुद्दाहरुमा राजनैतिक सहमति कायम गरि निर्वाचनमा जाने वातावरण बनाउनु आवश्यक देखिन्छ ।
देशलाई भद्रगोल र अस्थिरतामा जानबाट रोक्नु सबैको दायित्व हो । सबै सरोकारवाला पक्षले बेलैमा जिम्मेवार बनेर कदम चालौँ ।
(लेखक मकवानपुर वौद्धिक मञ्च, हेटौँडाका प्रमुख हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण