एटलेटिको माड्रिडलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाको शानदार जित
बुधबार, १७ मङ्सिर २०८२, ०४ : ०६
सारांश
- बार्सिलोनाले एटलेटिको माड्रिडलाई ३-१ गोल अन्तरले पराजित गर्यो।
- एटलेटिको माड्रिडका एलेक्स बाएनाले सुरुवाती अग्रता दिलाए तापनि बार्सिलोनाले पुनरागमन गर्यो।
- बार्सिलोनाका राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले गोल गरे, जसले बार्सिलोनालाई शीर्ष स्थानमा पुर्यायो।
काठमाडौँ। स्पेनिस ला लिगामा बुधबार भएको खेलमा बार्सिलोनाले एटलेटिको माड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको १९औँ मिनेटमै एटलेटिको माड्रिडका एलेक्स बाएनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसपछि बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै खेललाई पूर्ण रूपमा आफ्नो पक्षमा मोड्यो।
बार्सिलोनाका राफिन्हाले २६औँ मिनेटमा बराबरी गोल गरे भने दोस्रो हाफमा डानी ओल्मोले ६५ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए। खेलको अतिरिक्त समयमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको जितलाई अझै सुरक्षित बनाए।
जितसँगै बार्सिलोना तालिको शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण