चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?
सारांश
- नेकपा माओवादीले निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र लिएपछि गतिविधि सुस्त पारेको छ।
- पार्टीले आन्तरिक प्रशिक्षणलाई जोड दिइरहेको र चुनावलाई खासै महत्त्व दिएको छैन।
- पार्टी नेताहरूले पार्टी छोड्ने क्रम बढे पनि कार्यकर्ता र जनतालाई महत्त्व दिइने कुरा बुढाले बताए।
काठमाडौँ । निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाएपछि नेकपा(माओवादी)को गतिविधि सुस्त देखिएको छ । मङ्सिर २ गते बाजागाजासहित माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आयोग पुगेर दल दर्ता प्रमाणपत्र लिएका थिए । प्रमाणपत्र पाएपछि विप्लवले प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल लगायतसँग छलफल गरेका थिए ।
अन्य पार्टीहरू चुनावी गतिविधि, नेतृत्व चयन, पार्टी एकता तथा गठबन्धन सम्मको गतिविधि भइराख्दा माओवादीको गतिविधि खासै देखिएको छैन । यद्यपि, आन्तरिक प्रशिक्षण भइराखेको स्थायी समिति सदस्य सन्तोष बुढाले जिकिर गरेका छन् । निर्वाचनलाई उपयोग गर्ने नीति पार्टीको भए पनि महत्त्व नदिएको उनको भनाइ छ ।
‘चुनाव हाम्रो महत्वको विषय होइन । त्यसका लागि तयारी गरेका पनि छैनौँ । पछिल्लो केन्द्रीय बैठकले गरेका निर्णय कार्यान्वयन सम्बन्धमा आन्तरिक प्रशिक्षण चलिराखेको छ । अहिले खेतीपातीको समय भएकाले हामी काममै व्यस्त छौँ’, उनले भने ।
निर्वाचनमा आवश्यकताअनुसार विचार र सिद्धान्त मिल्नेसँग तालमेल हुनसक्ने बुढाले बताए । तर अहिलेसम्म चुनावी तालमेलको विषयमा पार्टीले कुनै योजना नबनाएको उनको भनाइ छ । नेता तथा कार्यकर्ताले धमाधम पार्टी छोड्ने क्रम बढेकोप्रति पार्टीले खासै महत्त्व नदिएको बुढाले जिकिर गरे ।
‘प्रचण्डले नेताहरू भित्र्याउँछन् । हामी कार्यकर्तालाई भित्र्याइराखेका छौँ । नेता भन्दा पनि हाम्रा लागि कार्यकर्ता र जनता ठुला हुन् । आउने जाने क्रम चलिनै रहन्छ’, उनले भने ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको ब्यानरमा कात्तिक २० गते काठमाडौँमा विरोधसभा भएको थियो । कर्णाली प्रदेशमा आन्तरिक प्रशिक्षणका लागि पुगेका विप्लव, सुर्खेत, कपिलवस्तु, दाङको कार्यक्रम सम्पन्न गरेर केही दिनमा काठमाडौँ फर्किने योजना रहेको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण